जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको अनुगमन थालेको छ । विद्यालयहरुको शैक्षिक,प्रशासनिक तथा भौतिक अबस्थाबारे बुझन् तातोपानीले विद्यालय अनुगमन अभियान थालेको हो ।
पालिकाका ८ वटै वडा भित्र रहेका २९ वटा सामुदायिक विद्यालयहरुमा स्थलगत रुपमा पुगेर अनुगमन तथा निरिक्षण गर्न थालिएको छ । जसमा उपाध्यक्ष रेवती रावलको नेतृत्वमा तातोपानी ७ र ८ मा भेरीखोला क्षेत्रका विद्यालयको अनुगमन एक टोली र वडा नं. १ देखि ६ सम्मका विद्यालयमा अध्यक्ष नन्द प्रसाद चौलागाईको नेतृत्वमा दुई वटा टोली परिचालन भएका छन् ।
अनुगमन टोलीले हरेक विद्यालयमा पुगेर कम्तीमा ३ वटा कक्षाको शिक्षण विधिबारे अबलोकन गर्ने कार्यतालिमका बनाएको तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले बताए । विशेष गरी सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधार तथा विद्यार्थीकाे सिकाई बृद्दिका लागि पालिकाले अनुगमन थालेकाे हाे ।
आईतबार तातोपानी गाउँपालिका वडा नं ७ ताम्ती स्थित जनजागृती मावि विद्यालयमा शिक्षण विधिबारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा कक्षा–८ र ९ को नेपाली र अंग्रेजी विषयमा पठनसिपबारे अनुगमन गरिएको थियो ।
शिक्षकको शिक्षण विधि र विद्यार्थीको सिकाई बोध तथा सिकाई अभिबृद्दि कस्तो छ भन्ने विषयमा अनुगमन थालिएको शिक्षा शाखा प्रमुख शाहीले उल्लेख गरे ।

पालिकाका २९ वटै सामुदायिक विद्यालयमा विद्यालयमा भान्साघर उपयुक्त भए नभएको,कक्षा कोठामा शिक्षक पाठन योजना सहित उपस्थित छन् वा छैनन्,सहकारीहरुले अर्गानिक दिवा खाजा उपलब्ध गराएका छन् वा छैनन्,विद्यालय उमेर समुहका बालबालिका विद्यालय बाहिर छन वा छैनन ? कक्षा कोठामा शिक्षक विद्यार्थीको सम्बन्ध कस्तो छ ? भन्ने विषयमा अनुमगन गरिएकाे छ ।
त्यस्तै साथै कक्षा कोठामा विषय वस्तु अनुुप शैक्षिक सामग्रीको प्रयोग गरिएको छ वा छैनन्, विद्यालय र विद्यार्थीका समस्या के छन् ? सिकाई उपलब्धि कस्तो छ? लगायतका विषयमा तातोपानी गाउँपालिकाले पालिकाका २९ वटै सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक अबस्थाको अनुगमन अभियान थालेकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले बताए ।
हामीले पालिकाकाे शैक्षिक अबस्था सुधारका लागि शिक्षक दरबन्दी मिलानदेखि विद्यार्थीकाे टाउकाे गनेर आर्थिक अनियमितता राेकेका छाै । उनले भने,’वास्तविक विद्यालयकाे शैक्षिक अबस्था कस्ताे छ भनेर स्थलगत रुपमा पुगेरै बुझ्ने अभियान थालेका छाै । यसले गर्दा हाल सम्म उपलब्धि र समस्यासंग नजिक हुने र समधानका लागि नीतिगत सुधार गर्न बल प्रयाेग गर्न सहज हुने अपेक्षा छ ।’
अनुगमन अभियानले विद्यालयको शैक्षिक र प्रशासनिक पक्षलाई सुधार गर्न विभिन्न विषयलाई प्राथमिकतामा राखेर काम थालेको छ। जसमा विद्यालयहरूले सामाजिक लेखापरीक्षण गरेका छन् कि छैनन् भन्ने विषयमा टोलीले समीक्षा गरिरहेको छ भने लेखापरीक्षण नभएको अवस्थामा त्यसको कारण पहिचान गरिने उपाध्यक्ष रेवती रावलले बताइन्।

उनका अनुसार विद्यालयको अन्तिम लेखापरीक्षण भएको छ कि छैन? यदि छैन भने, यसमा देखिएका बाधा र चुनौतीहरू पत्ता लगाएर समाधानको लागि सिफारिस गरिनेछ।
अनुगमनका क्रममा अधिकांश शिक्षकहरुले पाठयाेजनाकाे तयारी बिनै कक्षामा पढाउने गरेकाे,कक्षा काेठामा व्यवस्थापित नभएकाे,साईनबाेर्ड मैत्रीपूर्ण नभएकाे भेटिएकाे छ ।
भने छलफलपछि आगामी दिनमा पाठ याेजना तयारी गरेर पढाउने शिक्षकहरुले बाचा गरेका छन् । यदपी नियमित अनुगमन तथा तालिमकाे व्यवस्था नभएकाे गुनासाे पाेखेका छन् ।



