हिमाकाे बड्की स्वास्थ्य चाैकीमा पक्की भवन निर्माण

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिका वडा नं १ स्थित बड्की स्वास्थ्य चाैकीमा पक्की भवन निर्माण गरिएकाे छ । स्वास्थ्य सेवा प्रभावकारी संचालन गर्न गाउँपालिकाले बड्की स्वास्थ्य चाैकीमा पक्की निर्माण गरेकाे हाे ।

गत आर्थिक वर्ष २०८०/८१ काे वार्षिक विनियाेजित कार्यक्रमनुसार बड्की स्वास्थ्य चाैकीमा ३८ लाख लगानीकाे पक्की भवन निर्माण गरिएकाे हाे ।

पुरानाे साँघुराे भवनबाट बर्थिङ सेन्टर,सामान्य चेकजाँच देखि अन्य सेवा दिईरहेकाे बड्की स्वास्थ्य चाैकीलाई पूर्वाधार अभावले प्रवाहमा कठिनाई भएकाे थियाे ।

भाैगाेलिक रुपमा विकट र सदरमुकाम भन्दा टाढा रहेका हिमाका थुप्रै बस्तीहरु स्वास्थ्य चाैकीबाटै विभिन्न स्वास्थ्य सेवा लिईरहेका छन् । भाैगाेलिकता नागरिककाे आर्थिक अबस्था लाई मध्यनजर गरि पालिकाले पटक पटक विभिन्न राेगकाे शिविर पनि चलाउदैँ आएकाे छ । तर साँघुराे भवनबाट नागरिकलाई सेवा दिईरहेकाे बड्की स्वास्थ्य चाैकीले आफ्नै पक्की भवन पाएकाे छ ।

नवनिर्मित भवनकाे साेमबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उद्घाटन गरे । स्वास्थ्य शिक्षा,खानेपानीलाई विकासलाई विशेष प्रथामिकता पूूर्वाधार विकासलाई प्रथामिकता दिएकाे उल्लेख गरे ।

नागरिककाे प्रत्यक्ष स्वास्थ्य संग जाेडिएकाे विषयमा पालिका गम्भीर छ । उनले भने,’आर्थिक रुपमा विपन्न नागरिकका लागि स्वास्थ्य चाैकी ठुलाे अस्पताल हाे । दैनिक धेरैले सेवा लिन्छन् । तर पूर्वाधार अभावले साँघुराे संचरनाबाट सेवा दिनु पर्ने बाध्यत्मक अबस्थाकाे अन्त्य गरेका छाै । पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाकाे लक्ष्य छ।’

गत आवकाे विनियाेजित ३८ लाख बजेटबाट टेण्डर आह्वान भई भवन निर्माण भएकाे छ । हिमाका विधालय,वडा कार्यालय,स्वास्थ्य चाैकी पूर्वाधार अभावले समस्या झेल्नु नपर्ने गरि काम गरिरहेकाे उनकाे अध्यक्ष शाहीकाे भनाई छ ।

‘व्यवस्थाकाे स्थायित्व संरचनाले गर्छ । स्थानीय सरकार घरदैलाेकाे सरकार हाे । संघियता खर्चिलाे भयाे भन्ने बहस पनि चलिरहेका छन् । संघियता टिकाउन,नागरिकलाई विकासकाे अनुभुति दिलाउन पनि हामीले कृषि,पर्यटन,स्वास्थ्य शिक्षा,खानेपानी क्षेत्रकाे पूर्वाधार विकासमा विशेष जाेड दिएका छाै ।’ उनले भने ।’

अध्यक्ष शाहीका अनुसार आफ्नाे कार्यकाल भित्र पालिकाकाे प्रशासनिक भवन बनाउनेे,खानेपानी लगानी गर्नै नपर्ने गरि काम गर्ने,स्वास्थ्य संस्था,विद्यालय भवनहरु धमाधम बनाउने लक्ष्य राखिएकाे छ । पालिकाका भवन निर्माणका लागि शिलान्यास गरी माटाे परिक्षण समेत गरि अन्य प्रक्रिया अघि बढाईएकाे छ ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस