जुम्ला । सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधारका लागि ताताेपानीमा पहिलाे पालिकास्तरीय शैक्षिक सामाग्री प्रर्दशन तथा पढाइ मेला आयाेजना गरिएकाे छ ।
बालबालिकाकाे सिकाई बृद्दि तथा सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधार गर्नका लागि शैक्षिक सामाग्री प्रर्दशन तथा पढाइ मेलाकाे आयाेजना गरिएकाे हाे।
किर्डाक नेपाल सेभ द चिल्ड्रेन तथा सहयात्रा तेस्राे परियाेजना तथा पालिकाकाे संयुक्त आयाेजनामा ताताेपानीमा पहिलाे पटक पढाइ मेला भएकाे हाे । सहयात्रा तेस्राे परियाेजनाले शिक्षा क्षेत्रकाे विकासका लागि विभिन्न गतिविधि गरिरहेकाे छ ।
स्थानीय स्तरमा रहेका स्राेत साधनकाे अधिकतम प्रयाेग गर्दै आफ्नाे सीप क्षामताकाे उपभाेग गर्दै ताताेपानीका सामुदायिक विद्यार्थीलयका बालबालिकाले विभिन्न सामाग्री निर्माण गरेका थिए ।
नियमित पठनपाठनमा कार्यान्वयन हुने र बालबालिकाकाे सिकाई बृद्दि,पठनसिपकाे विकास,बालबालिकाकाे क्षामताकाे पहिचान, सिपकाे प्रयाेग तथा बालबालिकालाई चरनात्मक बनाउनका लागि पढाई मेला गरिएकाे हाे ।
पढाइ मेलामा पालिकामा रहेका २९ वटा सामुदायिक विद्यालयमध्य २० वटा विद्यालयकाे सहभागिता रहेकाे थियाे । उत्कृष्ट शैक्षिक सामाग्री निर्माण,पठन सीप,सिकाईकाे अबस्था,सामाग्री बारे बालबालिकाले गरेकाे व्यख्या,शैक्षिक सामाग्रीले नियमित पठन पाठनमा पार्ने सकरात्मक प्रभाव लगायतका विषयमा मुल्यांकन गर्दै उत्कृष्ट चार विद्यालय समेत छनाेट गरिएकाे छ ।
जसमा २० वटा विद्यालयले राखेका स्टलहरु तथा सबै पक्षकाे अनुगमन पक्षश्चता कालिका आधारभूत विद्यालय लिताकाेट प्रथम भएकाे छ ।
त्यस्तै दाेस्राेमा सुन्दरमणि आधारभूत विद्यालय,तेस्राेमा कालिका आधारभूत विद्यालय हियाखाेला र कालिका मावि टाेप्ला र हिमाली आधारभूत विद्यालय बाबिरा चाैथाे भएकाे मुल्यांकन समितिका सदस्य चक्र बहादुर जीसिले बताए।
उत्कृष्ट हुने चार वटै विद्यालयलाई शैक्षिक सामाग्रि तथा नगद पुरस्कार उपलब्ध गराईएकाे छ ।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाँईले सामुदायिक विद्यालय सुधार शैक्षिक गुणस्तर कायम गर्नका लागि ताताेपानीले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएकाे बताए ।
पहिलाे पटक आयाेजना गरिएकाे पालिका स्तरीय पढाइ मेला सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधारका लागि काेशेढुंगा सावित हुने उल्लेख गरे ।
त्यस्तै,कार्यक्रममा सहभागी सराेकारवालाले पालिकाले शैक्षिक अबस्था सुधारका लागि गरेका विभिन्न काम प्रसंशनीय रहेकाे बताएका छन् ।