जुम्ला । यूवाकाे शसक्तिकरणका लागि जुम्लामा नमुना यूवा गाउँ सभा अभ्यास तालिम संचालन गरिएकाे छ । स्थानीयतहकाे नीति निर्माणमा अर्थपूर्ण सहभागिता गर्न र क्षामता विकासका लागि नमुना यूवा गाउँसभाकाे अभ्यास तालिम गरिएकाे हाे ।
प्लान नेपालकाे आर्थिक सहयाेग तथा क्याड नेपालकाे सहजीकरण तथा आयाेजनामा सिंजा क्षेत्रका तीन पालिकाका यूवाहरुकाे सहभागितामा पहिलाे पटक नमुना यूवा गाउँसभा अभ्यास कार्यक्रम सम्पन्न भएकाे छ ।
तीनदिन सम्म संचालन नमुना गाउँसभा अभ्यास कार्यक्रममा यूवालाई पालिका स्तरमा नीति निर्माण,याेजना निर्माण,विकास निर्माण,लगायतका क्षेत्रमा अर्थपूर्ण सहभागिता कसरी गर्ने र नमुना गाउँसभा कसरी संचालन गर्ने विषयमा प्रशिक्षण दिईएकाे छ ।
कार्यक्रमकाे समापनमा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख नर वीर सुनारले प्लान नेपालकाे सहयाेगमा क्याड नेपालले यूवा शसक्तिकरण,सामाजिक कुरिति अन्त्यका लागि उल्लेखिय काम गरिरहेकाेबताए ।
उनले भने,’यूवा काँचाे माटाे हाे । त्यसलाई आकार दिन जरुरी छ । राज्यका सबै संयन्त्रमा यूवाकाे अर्थपूर्ण सहभागिता गराउन नमुना यूवा गाउँसभा अभ्यास लगयतका अन्य कार्यक्रम काशेढुंगा सावित हुने छ ।’
पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले यूवाकाे सशसक्तिकरण,सामाजिक विकृतीकाे न्युनिकरणका लागि प्लान नेपाल र क्याड गरेकाे काम प्रशसनिय रहेकाे बताए ।
क्याड नेपालका परियाेजना संयाेजक प्रेमसिंह ठकुरीले सिंजा क्षेत्रका तीन पालिकाका यूवाहरुकाे क्षामता विकास र स्थानीयतहकाे हरेक नीतिगत क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने विषयमा सचेत बनाईएकाे उल्लेख गरे ।
नमुना यूवा गाउँसभा अभ्यास कार्यक्रममा सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका ३० जना यूवा सहभागी रहेका थिए ।



