सिंजामा नापी र मालपाेत स्थापना हुने,नागरिक उत्साहित

जुम्ला । जुम्लाकाे सिंजा क्षेत्रमा संघियता कार्यान्वयनपछि नापी र मालपाेत कार्यालय स्थापना हुने भएकाे छ । संघियता कार्यान्वयनकाे करिब ७ वर्षपछि सिंजा क्षेत्रका तीन पालिका लाभान्वित हुनेगरी सिंजामा मालपाेत कार्यालय स्थापना हुने टुंगाे लागेकाे हाे ।

सिंजामा नापी र मालपाेत कार्यालय स्थापना गर्ने सरकारकाे निर्णयले ऐतिहासिक सिंजा क्षेत्रले आर्थिक र प्रशासनिक रुपमा ठूलो सफलता हात पारेको छ।

मंगलबार बसेको मन्त्री परिषदकाे निर्णयले सिंजामा मालपोत र नापी कार्यालय स्थापना गर्ने औपचारिक बाटो खोलेकाे छ । पहिलाकाे सरकार मातहतका निकायले बाधा अडचन गरेकाे कामलाई वर्तमान सरकारले सहजै निर्णय गरी दुर्गम सिंजामा नापी मालपाेत सेवा विस्तार गरेकाे छ ।

संघियता कार्यान्वयनपछि गाउँ गाउँमा सिंहदरबार आएपनि नापी र मालपाेतकाे झन्झझटिलाे सेवाले नागरिक असुन्तुष्ट थिए ।
जग्गा खरिद,नामसारी,राजिनामा लगायतका काम गर्न महंगाे खर्च गरेर सदरमुकाम धाउनु पर्ने सिंजाबासीकाे बाध्यता थियाे । हप्तादिन सम्म हाेटलबास बस्नु पर्ने, आउजाउ,हाेटलबास,कागजात व्यवस्थापनमा न्युनतम १०/१५ हजार रुपैया खर्च हुने गरेकाे छ ।

तर सिंजामा नापी र मालपाेत स्थापना गर्ने सरकारकाे निर्णय संगै सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका छन ।

सिंजामा नापी मालपाेत स्थापनापछि गाउँमै सेवा मात्र पाईने छैन् । सिंजाका माेति दमाई भन्छन,’सदरमुकाम जाँदा लाग्ने खर्च,समय सबै जाेगिने भयाे । जग्गा नामसारि,राजिनामा गर्दा बुढापाकालाई हप्ताै दिनसम्म हुने दुख पनि अन्त्य हुने भयाे । याे हाम्राे ऐतिहासिक सफलता हाे । सिंजा क्षेत्रका लागि नापी मालपाेत संघियताकाे अनुपम उपहार हाे ।’

सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले संघियताकाे उपहार स्वरुप सिंजा क्षेत्रका तीन पालिकाले नापी र मालपाेत पाएकाे बताए ।

उनले भने,’स्थानीय सरकारको निरन्तर प्रयास र लामो पर्खाइपछि मात्रै यो नापी र मालपाेत स्थापनाकाे निर्णय सम्भव भएको हो। निर्वाचित भएदेखिकाे बाचा पूरा भएकाे छ । मन्त्रीपरिषदकाे ऐतिहासिक निर्णयले नापी मालपाेत स्थापना मात्र नभई संघियता कार्यान्वयनकाे शसक्त उदाहरण समेत दिएकाे छ । व्यवस्था बलियाे बनाउन संरचनाकाे स्थायीत्वमा जाेड दिनुपर्छ ।’

अघिल्लो सरकार सकारात्मक रहे पनि मुख्य सचिवले कानुनी अड्चनका देखाएका कारण यो कामले पूर्णता पाउन सकेको थिएन। तर,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले सिंजाली जनताको आवाज सुनेको छ। भने संघियताकाे मर्म बुझेकाे छ । याे निर्णयले प्रधानमन्त्री ओली जुम्लाकाे विकासप्रति सकरात्मक रहेकाे स्पष्ट देखिएकाे छ ।

सिंजामा नापी र मालपाेत स्थापना गर्न जुम्लाका सबै दलहरुकाे उतिकै पहल र प्रयास समान रहेकाे छ । यसमा कुनै दलले श्रय लिनुभन्दा पूर्वाधार निर्माण तथा प्रभावकारी संचालनमा सधैले जाेड दिनु पर्ने देखिएकाे छ ।

खस भाषाको उद्गमस्थलका रूपमा प्रसिद्ध यस स्थानमा विकेन्द्रीकरणको अभ्यासले विकासको नयाँ युगको सुरुवात गरेको भन्दै जुम्लामा खुसीयाली मनाएका छन् । अब सिंजा क्षेत्रका तीनै पालिकाका नागरिकले घरआँगनमै सेवा पाउने छन् ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस