कैलालीकाे अरुणाेदय माविका संस्थापक प्रअकाे सम्झनामा ३३ विद्यार्थीलाई पाेशाक वितरण

कैलाली ।  कैलालीकाे जानकी गाउँपालिका वडा न ९  खैरिफाँटा, कैलाली  स्थित अरुणोदय माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक गगनसिंह थापाकाे स्मृतीमा विद्यार्थीलाई पाेशाक वितरण गरिएकाे छ ।

गगनसिंह थापाका दाइ नाता पर्ने शेरबहादुर थापाले आफ्नाे भाईकाे स्मृतिमा संस्थापक प्रधानाध्यापक भएकाे अरुणाेदय माविका ३३ जना विपन्न परिवारका जेहेन्दार बालबालिकालाई  पाेशाक वितरण गरिएकाे हाे ।

गगनसिंह थापाकाे स्मृतिमा नाति सुहिम थापाकाे सहयाेगमा  जेठा हजुर बुबा शेरबहादुर थापाले बुधवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयले छनोट र सिफारिस गरि पठाएका  बिपन्न परिवारका ३३ जना जेहेन्दार विद्यार्थीहरुलाई न्यानाे पाेशाक हस्तान्तरण गरेका हुन्  ।
 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिलराज भाट , शिक्षक इन्द्रबहादुर थापा, रुपा भण्डारी, विद्यालय  संस्थापनकालका विद्यार्थी तथा अभिभावक झपट बि.क. लगायत शिक्षक , विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
 

बि. सं. २०२९ मा अछामबाट खैरिफाटाँ आई  स्थानीय अभिभावकको अनुरोधमा  पहिलो शिक्षक र प्रधानाध्यापकको रुपमा स्वर्गीय गगनसिहं थापाले उक्त विद्यालयकाे प्रारम्भ  गरेका थिए ।

प्रशिद्द साहित्यकार  समेत रहेका थापाका कर्णालीका छेउछाउ , पुर्खाको चिठी  महाप्रलय,  अस्ताचलको ढोकाबाट मेरा गाउँको खडक्या मन्त्री लगाएत नौ वटा कृतिहरु प्रकाशित भइ सकेका छन ।

उनको पहिलो  संयुक्त लेखनको  कृति सोह्र सौगात विद्यालय अध्यापनरत रहँदा नै बि. सं. २०३५ सालमा प्रकाशन भएको थियो ।

संस्थापक प्रधानाध्यापक गगनसिहं थापाको स्मृतिमा पोशाक सहयोग गर्नु हुने  उनका ज्येष्ठ नाति सुहिम थापा हाल क्यानडामा अध्ययनरत छन ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस