जुम्लामा पनि अनलाइनबाटै नागरिकता सिफारिस

जुम्ला – जुम्लामा पनि अनलाइनबाट नागरिकताको सिफारिस दिने तयारी गर्न थालिएको छ । यहाँका धेरैजसो वडामा विजुली र इन्टरनेटको पहुँचमा भएकाले अनलाइनबाट नागरिकता सिफारिस दिने तयारी गरिएको हो ।
जुम्लामा ८ स्थानीय तहका ६० वडा रहेका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार यस अघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भएको छ । उनले भने अब पुस २८ गते स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतसँग पनि यही विषयमा छलफल गर्दै छौँ ।
गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी शाहीले बताए । उनले भने अनलाइन सिस्टमबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । वडामा सिस्टममा जन्ममिति अपलोड गरेर सिधै प्रशासनको सिस्टममा सिफारिस आउने हुन्छ ।
निकै सहज छ । प्रमुख प्रशासकीय अधिकृतको बैठकपछि एक हप्ता कर्मचारीलाई तालिमको प्रदान गर्ने छौँ । माघ महिनादेखि अनलाइनबाट नागरिकताको सिफारिस उपलव्ध हुने व्यवस्थापन गर्दै छौँ, उनले भने ।

प्रकाशित मिति : २०८१ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस