
जुम्ला । नेपाल सरकारले भूमि आयाेग जिल्ला कार्य समिति जुम्लाकाे अध्यक्षमा सुरत बहादुर शाही नियुक्त गरेकाे छ । देशका ७७ वटै जिल्लामा भुमि सम्बन्धि समस्याकाे समधान गर्न सरकारले भुमि आयाेग आयाेगका अध्यक्ष नियुक्त गरिरहेकाे छ ।
जसमा जुम्लाकाे अध्यक्षमा ताताेपानी गाउँपालिका वडा नं ८ निवासी नेकपा एमालेका नेता शाही भूमि समस्या समाधान आयोग जिल्ला कार्यसमिति जुम्लाकाे अध्यक्षमा नियुक्त भएका हुन् ।
सुकुम्बासी, अव्यवस्थित बसाेबास,भूमिहिनहरुकाे लगत संकलन गर्ने,जिल्लामा रहेकाे सार्वजानिक जग्गा संरक्षण गर्ने लगायतका कामलाई सबैकाे समन्वय र सहकार्यमा अघि बढाउने नवनियुक्त अध्यक्ष सुरत बहादुर शाहीले बताए ।
जुम्लाका भूमिहिन नागरिककाे राहत तथा पुर्नस्थापनाकाे काममा विशेष प्रथामिकता दिने छु । उनले भने,’जिल्लामा नापी,मालपाेत,नागरिक समाज,पत्रकार महासंघ,राजनीतिक दल,जिल्ला समन्वय समिति लगायत सबै सराेकारावाल संग समन्वय सहकार्य गरि अघि बढ्ने छु । साथै भूमि सम्बन्धि समस्या समधान गर्न मेराे जिम्मेवारीनुसार दत्त चित्त भएर काम गर्न प्रतिबद्द छु ।’

साथै जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र ६० वटा वडाका वडाध्यक्षहरुसंग समेत समन्वय गरेर भुमि सम्बन्धि समस्या समधान गर्न काम गरिने अध्यक्ष शाहीले कर्णाली मिसनलाई जानकारी दिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट अध्यक्ष शाहीले नियुक्ती बुझेका छन् । भने केही दिनपछि जिल्ला फर्किएर काम अघि बढाउने छन् ।
भूमि आयाेगकाे गठनसंगै जिल्लामा सरकारी जग्गाकाे संरक्षण तथा भुमिहिनहरुलाई राहत हुने अपेक्षा गरिएकाे छ ।