हङकङमा सुनमायाले जितिन् १०० किमी अल्ट्रा म्याराथनको उपाधि

जुम्ला । हङकङमा आयाेजित एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । पातारासी गाउँपालिका-२ पेर गाउँमा जन्मिएकी सुनमायाले एक सय किलोमिटर दुरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा निर्धारित पूरा गर्दै उपाधी चुम्न सफल भईन् ।

उनले स्लोभाकीयाकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेण्डको अन्तरले पछाडी पार्दै रचिन ।भेरोनिका ११ घण्टा २५ मिनेट २२ सेकेण्डका निर्धारित दुरी पार गर्दै दोस्रो भइन् । भियतनामकी हा थी हाउ १२ घण्टा ९ मिनेट ३७ सेकेण्डमा एक सय किलोमिटर दुरी पार गर्दै तेस्रो भइन् ।

एक सय किलोमिटर जस्तो चुनौतीपूर्ण दौडमा सुनमायाले देखाएको प्रदर्शन सबैका लागि प्रेरणादायी बनेको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले बताए । ‘सुनमायाको जीत प्रतिस्पर्धा जित्नेसम्म मात्र सीमित रहेन । सबै कोर्षको रेकर्ड तोडेर नयाँ उचाइमा आफ्नो नाम दर्ज गर्न सफल भइन्,’ उनले भने ।

सुनमायाले दौडको सुरुवाती देखि नै आफूलाई सन्तुलित बनाइन् । रणनीतिक रुपमा अघि बढ्दै अन्त्यसम्म उच्च उर्जा र दृढ संकल्पका साथ दौडिन् । हङकङक भुगोल,थकान र अनिश्चित मौसमले रोक्न सकेन् । सुनमायाको सहनशीलता, धैर्यता र मानसिक तयारीले मात्र यो जीत हासिल भएको हो’,विश्वकृतिमानी धावक रोकायाले भने ।

प्रकाशित मिति : २०८१ माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस