विपदबाट हुने जनधनकाे क्षति न्युनिकरण गर्न जुम्लामा कृतिम घटना अभ्यास

जुम्ला । जुम्लामा आगलागी जन्य विपद् जोखिम न्यूनीकरण पूर्व तयारी तथा प्रतिकार्यका लागि कृतिम घटना अभ्यास कार्यक्रम प्रदर्शन गरिएको छ। सुक्खा समयमा आगलागीका घटना बढ्ने,पूर्वतयारी कमजाेर हूँदा हुन सक्ने जनधनकाे क्षति राेक्न कृतिम घटना अभ्यास गरिएकाे हाे ।

अभ्यासका क्रममा घरभित्र आगालागी हुँदा कसरी नियन्त्रण गर्ने,वनजंगलमा आगलागी हुँदा,खाना पकाउने ग्याँस लिक हुँदा,कुनै व्यक्तिकाे शरिरमा आगाे सल्कीँदा कसरी नियन्त्रण गर्ने र आगाे निभाउन कुन कुन अग्नि नियन्त्रक सामाग्री कसरी प्रयाेग गर्ने विषयमा नमुना प्रर्दशन गरिएकाे थियाे ।

चन्दननाथ नगरपालिकाकाे आयाेजना नेपाल रेडक्रस साेसाईटी, नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेना,विपद् व्यवस्थापन गुल्मकाे टाेली आगलागि जन्य घटनाकाे विपद जाेखिम न्युनिकरण सम्बन्धि कृतिम घटना अभ्यास प्रर्दशन गरिएकाे छ ।

कृतिम घटना अभ्यासपछि गरिएकाे समिक्षामा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर शाहीले यस्ता नमुना अभ्यासले नागरिककाे जनचेतना अभिबृद्दिमा टेवा पुग्ने बताए ।

जुम्लामा आगलागीका घटनाहरू तुलनात्मक रुपमा बढी हुने भएको हुँदा कृतिम घटना अभ्यास गरेर नागरिकलाई सचेत बनाउन खाेजिएकाे उल्लेख गरे ।

ग्याँसबाट हुने आगलागि नियन्त्रण, घर तथा निजि आवासमा हुने आगलागि नियन्त्रण, वनजंगल तथा घाँसे मैदानमा हुने आगलागि नियन्त्रण र शरीरमा आगोलागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सचित गर्ने उद्देश्यले सो कार्यक्रम प्रदर्शन गरिएको थियाे ।

जुम्लामा गत आर्थिक वर्ष १६ वटा र यो आर्थिक वर्षमा ४ वटा गरी १२ वटा आगलागिका घटना भएका छन् ।
चन्दननाथ नगरपालिका जुम्लाका कार्यबाहक मेयर नवराज देवकोटाले नगर भित्र हुन सक्ने आगलागि लगायतका अन्य विपद जाेखिम न्युनिकरणका लागि संवेदनसिल रहेको बताए ।

विपद् जाेखिम न्युनिकरणमा नगरपालिकाले प्रयाप्त रकम विनियोजन गरेको कार्यबाहक मेयर देवकोटाको भनाइ छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले यस्ता नमुना अभ्यास ग्रामिण क्षेत्रमा हुनु पर्ने बताए । उनका अनुसार स्थानीय स्राेत साधनकाे अधिकतम प्रयाेग गरि विपद जाेखिम न्युनिकरण गर्ने विषयमा सिकाउनु पर्नेमा जाेड दिए ।

समिक्षामा सहभागीहरुले जिल्ला स्थित सरकारी कार्यालयहरुनै विपद्काे उच्च जाेखिममा रहेकाेले पूर्वतयारी मजबुद बनाउनु पर्ने सुझाव राखेका छन् । आगामी दिनमा ओैपचारिकता भन्दा जाेखिम न्युनिकरण गर्न व्यवहारिक गतिविधि बढी गर्नुपर्नेमा सहभागीले जाेड दिएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस