पर्यटकीय गन्तव्य गिडिदह क्षेत्रमा टेलिफोन टावर विस्तारको माग

गिडिदह क्षेत्रमा टेलिफोन टावर विस्तारका लागि संचारमन्त्रीलाई मागपत्र बुझाउदैँ वडाध्यक्ष रोकाया सहितको टोली । तस्बिरः कर्णाली मिसन

जुम्ला । कर्णालीको नयाँ पर्यटकीय गन्तव्य गिडिदह क्षेत्रमा टेलिफोन टावर स्थापना गर्न माग गरिएको छ । तातोपानी गाउँपालिका वडा नं. ४ का अध्यक्ष अमर बहादुर रोकाया नेतृत्वको टोलीले बुधबार संचारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई गिडिदहमा टावर विस्तारका लागि सबै कागजात सहित माग पत्र पेश गरेका हुन् ।

तातोपानी ४ स्थित पर्यटकीय क्षेत्र गिडिदह,पानसय पाटन,लामाचौर लगायतका क्षेत्रमा समेटीने गरीे टेलिफोन टावर स्थापनाका लागि संघिय सरकार सूचना तथा संचार मन्त्री समक्ष माग गरिएको छ । वर्षौसम्म गुमनाम रहेको पर्यटकीय गन्तव्यलाई तातोपानी प्रर्बद्धन गर्न विभिन्न प्रयास गरिरहेको छ । समुद्री सतहदेखी ३४ सय ८५ मिटर उचाईमा अबस्थित गिडिदह पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा छ ।

तर टेलिफोन र ईन्टरनेट सेवा नहुँदा पर्यटक सम्पर्क विहिन हुनु पर्ने,भ्रमण अवलोकन गरेको हप्तादिनपछि मात्रै सामाजिक संजालमा फोटा भिडियो पोष्ट गर्नुपर्ने जस्ता समस्या भोगीरहेका पर्यटकहरुको राहतका लागि गिडिदह क्षेत्रमा टेलिफोन टावर आबश्यक रहेको तातोपानी गाउँपालिका वडा नं.४ का अध्यक्ष अमर बहादुर रोकायाले बताए ।

‘पर्या पर्यटकिय क्षेत्र गिडिदहमा मोवाईल नेटर्वकको अभावले त्यहाँ पुग्ने पर्यटकहरुले सूचना आदान प्रदान,समन्वय, फोन सम्र्पक गर्न असहजता भोगी रहेका छन् ।’ उनले भने,‘ पर्यटकीय क्षेत्र गिडिदहमा टेलिफोन टावर विस्तार गर्न र त्यहाँ पुग्ने पर्यटकलाई टेलिफोन र ईन्टरनेटको पहुँचमा पुराउनका टावर स्थापनाका लागि संचारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सहयोग गर्न अनुरोध गरेका छौ ।’

तातोपानी गाँउपालिका ४ नं वडा समिति जुम्लाको पुष २६ गतेको बैठकको निर्णय अनुसार टावर स्थापनाका लागि नेपाल सरकार, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय समक्ष गिडिदह क्षेत्रमा टेलिफोन टावर स्थापनाका लागि आबश्यक सहयोग गरिदिनहुन अनुरोध गरिएको रोकायाले उल्लेख गरे ।

गिडिदह नापंजाच तथ्याँक अनुसार,अधिकतम् लम्बाई १५१० मिटर, सतहको क्षेत्रफल २९११ हेक्टर, अधिकतम् चौडाई ३१० मिटर, गहिराई ४२.८ मिटरमा फैलिएको छ । भने टे«किङ गर्ने पर्यटकका लागि गिडिदह क्षेत्र उपयुक्त गन्तव्य हो ।

प्रकाशित मिति : २०८१ माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस