जुम्लाका साढे ८ हजार बढी छात्रालाई पाठेघर मुखकाे क्यान्सर विरूद्ध (एचपीभी) खोप दिइने

जुम्ला । नेपाल सरकारले आगामी माघ २२ गतेदेखी फागुन ६ गतेसम्म देशव्यापी रुपमा पाठेघर मुखकाे क्यान्सर विरुद्द (एचपीभी) खाेप अभियान संचालन गर्दै छ । विद्यालय उमेर समुहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने १० देखि १४ वर्ष उमेर समुहका किशाेरीलाई देशव्यापी रुपमा एचपीभी खाेप अभियान संचालन गर्न लागिएकाे हाे ।

नेपालका अधिकांश महिलाहरु पाठेघर मुखकाे क्यान्सरबाट पिडित हुने गरेका छन् । बालबिवाह,कार्यबाेझ,महिनावारीमा सरसफाईकाे अभाव,समस्या भन्न लजाउने जस्ता कारणले कर्णालीका महिलाहरु पाठेघर मुखका क्यान्सर राेगबाट ग्रसित रहेका छन् ।

भविष्यमा महिलाकाे पाठेघरकाे मुखमा हुन सक्ने क्यान्सरकाे जाेखिमलाई मध्यनजर गर्दै देशभरसंगै जुम्लामा पनि आगामी माघबाट २७ गतेबाट एचपी‍भी खाेप अभियान संचालन हुने छ ।
जसमा पहिलाे चरणमा चन्दननाथ, पातारासी, गुठिचाैर, ताताेपानी,तिलामा माघ २७ देखि २९ गतेसम्मखाेप अभियान संचालन हुने भएकाे छ । भने दाेस्राे चरणमा  फागुन २ देखि ३ गते सम्म हिमा,सिंजा र कनकासुन्दरीमा खाेप अभियान संचालन गर्ने स्वास्थ्य कार्यालयकाे तयारी छ।

यहाँका आठ स्थानीयतहका झण्डै ९ हजार छात्रालाई पाठेघर मुखकाे क्यान्सर विरुद्द एचपीभी खाेप दिईने लक्ष्य राखिएकाे जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएकाे छ ।

कार्यालयद्वारा मंगबार जिल्लामा आयाेजित एचपीभी खाेप अभियान अभिमुखीकरण कार्यक्रममा खाेप जिल्लाका  आठ हजार आठ सय २९ जना छात्रालाई पाठेघर मुखकाे क्यान्सर विरुद्ध (एचपीभी) खाेप दिईने जानकारी गराईएकाे छ ।

नेपाल सरकारकाे राष्टि्य खाेप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समुहका किशाेरीलाई पाठेघर मुखकाे क्यान्सर विरुद्ध एचपीभी खाेप दिईने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए । उनका अनुसार जिल्लाका आठ पालिकामा रहेका सबै सामुदायिक तथा नीजि विद्यालयमा खाेप केन्द्र संचालन गरिने छ ।

पाठेघरमा (ह्युमन प्यापीलोमा भाइरस) ले महिलाकाे पाठेघरकाे मुखमा क्यान्सर हुन सक्ने भएकाेले त्यसबाट जाेगाउन एचपीभी खाेप अभियान  संचालन गरिएकाे छ ।
पाठेघर मुखकाे क्यान्सर विरुद्द एचपीभी खाेप शत प्रतिशत प्रभावकारी मानिएकाे छ । त्यसलै १० देखि १४ वर्षसम्मकम किशाेरीलाई अनिवार्य लगाईने छ ।

‘विद्यालय बाहिर रहेका तथा विद्यालयकाे पहुँचमा रहेका सबैलाई खाेप लगाईने छ ।’स्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले भने, ‘केन्द्रीय तथ्यांकनुसार जुम्लामा १० देखि १४ वर्षसम्मका १ हजार पाँच सय ८६ जना विद्यालय बाहिर रहेका छन् । भने विद्यालय भित्रका ७ हजार दुई सय ४३ छन् । सबैगरी ८ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी भएकाे छ ।’

कुन पालिकामा कति ?
जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका आठ पालिकामा    खाेप केन्द्र संचालन गरि करिब नाै हजार किशाेरीलाई खाेप दिईने छ । जसमा  जुम्लाकाे एकमात्र चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जनालाई खाेप दिईने छ ।

भने गुठीचौर गाउँपालिकाका पाँच सय २०, हिमा गाउँपालिकाका  एक हजार १३ जना,कनकासुन्दरीका नौ सय ६७ जनालाई  खोप दिईने छ ।

त्यस्तै पातारासी गाउँपालिकाका एक हजार एक सय ५८ जना, सिंजा गाउँपालिकाका नौ सय सात जना, तातोपानी गाउँपालिकाका एक हजार एक सय ५३ र तिला गाउँपालिकाका एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाईने  स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले जानकारी दिए ।

खाेप अभियानलाई प्रभावकारी बनाउन सबै सराेकारवालाले सहयाेग गर्नु जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख नरविर सुनारले बताए । उनका अनुसार लक्ष्यनुसारका काेहिपनि छात्राहरु नछुट्ने नदाेहाेरिने गरी खाेप अभियान संचालन गर्नु पर्ने उनकाे सुझाव छ ।
 
नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था
हरेक वर्ष २१ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भत्र अनुमान गरिएको छ । भने वर्षमा १३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेकाे अध्ययनले देखाएकाे छ ।

जसअनुसार ओैषतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।

त्यस्तै,महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दाेस्राे मख्य कारण रहेको र क्यान्सरवाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको समेत अध्ययनले प्रष्ट पारेकाे छ ।

विश्वमा पाठेघरको मुखको क्यान्सरको अवस्था
हरेक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघर क्यान्सर हुने देखिएकाे छ । भने सन् २०३० सम्ममा ७ लाख सम्म पुग्ने अनुमान गरिएको छ

त्यस्तै हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरूको पाठेघर क्यान्सरकै कारण मृत्य हुने र सन २०३० सम्ममा मृत्यु हुनेकाे संख्या ४ लाख पुग्ने समेत विश्वव्यापी संर्वेक्षण छ ।

महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको छ ।  भने मध्यम विकास भएका देशहरुमा ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सर भएका विरामीहरू मृत्यु हुने गरेकाे देखिएकाे छ । बेलैमा खाेप लगाएर उपचार गराएकाे खण्डमा राेग निवारण गर्न सकिने बतमईएकाे छ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस