जुम्ला । श्रमजीवि पत्रकारहरुकाे साझा संगठन प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ छ । श्रमजीवि पत्रकारहरुकाे पेशागत सुरक्षाका निम्ति २६ वर्षदेखि अनवरत वकालत गर्दै आएकाे प्रेस चाैतारीले स्थापना दिवसका अबसरमा विभिन्न कार्यक्रम गरेर मनाईएकाे हाे ।
यसैबीच जुम्लामा प्रेस चाैतारी नेपालकाे २७ औ स्थापना दिवसका अबसरमा रक्तदान गरिएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तदान गरिएकाे छ ।
प्रतिष्ठान स्थापनाकाे डेढ दशक बितिसक्दा पनि हाल सम्म ब्लड बैंक स्थापना भएकाे छैन् । यदपी,अहिले ब्लड बैंक स्थापनाकाे प्रक्रिया चलिरहेकाे छ ।
रगत अभावका कारण प्रतिष्ठानमन उपचारथ विरामीहरुले सास्ती पाउने गरेका छन् । रगत आबश्यक पर्दा नेपाली सेना,सशस्त्र,प्रहरीलाई गुर्हानु पर्ने बाध्यता छ ।
जुम्लामा वर्षाैदेखि विद्यमान रगत अभाव र त्यसले गर्दा विरामीले भाेग्नु परेकाे कष्टलाई मध्यनजर गरि प्रेस चाैतारी जुम्लाले आफ्नाे स्थापना दिवसका अबसरमा रक्तदान गरेकाे प्रेस चाैतारी जुम्लाका अध्यक्ष मानदत्त रावलले बताए ।
उनका अनुसार २३ जनाले रक्तदान गर्ने भनेर नाम लेखाएपनि सात जनाले मात्रै रक्तदान गरेका छन । सात प्वाईन्ट रगत दान गरिएकाे छ । अघिल्लाे दिननै समन्वय गरेर २३ जनाले नाम टिपाएका थिए ।
तर रक्तदानमा भने १६ जना उपस्थित भएनन् । प्रेस चाैतारीका अध्यक्ष मानदत्त रावल,पूर्वअध्यक्ष नाैरते नेपाली,चाैतारीका सचिव काली बहादुर परियार,कनका खबर टेलिभिजनमा कार्यरत प्रकाश विश्वकर्मा,तिलाका स्थानीय धनराज बस्नेत,विद्यार्थी नेता लाेकेन्द्र बुढा र यूवासंघ नेपालकी केन्द्रीय सचिव सारादा पछाईले रक्तदान गरेका छन् ।
रक्तदानकै क्रममा एक विरामीलाई रगत आबश्यक परेपछि कनका खबर टेलिभिजनमा कार्यरत प्रकाश विश्वकर्माकाे बी पाेजेटिभ गरुपकाे एक प्वाईन्ट रगत विरामीलाई हस्तान्तरण गरिएकाे छ ।
स्थापनाका अबसरमा शुभकामना दिदैँ नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाईले श्रमजीवि पत्रकाहरुकाे सांझा संगठन प्रेस चाैतारीले जुम्लामा रगत अभावले भाेग्नु परेकाे समस्यालाई मध्यनजर गरि रक्तदान कार्यक्रम राखेकाेमा धन्यबाद दिए । संगठनहरुले पेशागत सुरक्षा संगै यस्ता रचनात्मक काम गर्नु पर्नेमा अध्यक्ष चाैलागाईले जाेड दिए ।
प्रेस युनियनका अध्यक्ष प्रकाश उपाध्यायले प्रतिष्ठानमा पटक पटक रगत अभाव हुने र विरामी भाैतारीने समस्या रहेकाे बताए । अन्य कार्यक्रम भन्दा रक्तदान कार्यक्रम निकै स्वागत याेग्य काम भएकाे उल्लेख गरे ।
ब्लड बैंक स्थापना गर्ने तयारी गरिरहेकाे प्रतिष्ठानले आफ्नाे स्थापना दिवसका अबसरमा रक्तदान कार्यक्रम गर्ने प्रेस चाैतारी जुम्ला शाखालाई धन्यबाद दिएकाे छ ।