जुम्ला। पाठेघरकाे मुखकाे क्यान्सर विरुद्द एचपीभि खाेप अभियान देशभर संचालन भईरहेकाे छ । माघ २२ गतेदेखि फागुन ६ गते सम्म संचालन हुने खाेप अभियानकाे मंगलबार प्रधामन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समुहका किशाेरीलाई पाठेघर मुखकाे क्यान्सर विरुद्द एचपीभि खाेप दिन थालिएकाे हाे ।
देशभर माघ २२ गतेबाट खाेप अभियान संचालन हुने भएपनि चिसाे बिदाका कारणविद्यालय ढिला खुल्ने भएका कारण जुम्लामा माघ २७ गतेदेखि खाेप अभियान संचालन हुने छ ।
उक्त एचपीभि खाेप अभियानका विषयमा चन्दननाथ नगरपालिकामा सराेकारवाला संग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा एचपीभि खाेप प्रभावकारिता,पाठेघर मुखकाे क्यान्सरकाे विश्व र नेपालकाे अबस्थाका बारेमा समेत प्रस्तुतीकरण गरिएकाे थियाे ।
भने जुम्लाकाे एक मात्र चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ४४ जना किशाेरीलाई पाठेघर मुखकाे क्यान्सर विरुद्द एचपीभि खाेप लगाईने चन्दननाथ नगरपालिकाका स्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महतले बताए ।
कक्षा ६ देखि १० सम्म अध्ययनगर्ने १० देखि१४ वर्षका विद्यालय बाहिर रहेका र विद्यालय पहुँचमा रहेका गरि १८ सय ४४ जनालाई खाेप लगाउने लक्ष्य राखिएकाे स्वास्थ्य निरिक्षक महतले उल्लेख गरे ।
उनका अनुसार खाेप अभियान संचालनका लागि नगरपालिका भित्र १५ वटा खाेप केन्द्र संचालन गरिने भएकाे छ ।
यश अघिका वर्षमा चन्दननाथकाे खाेप कभरेजकाे विवरण हेर्दा आर्थिक वर्ष २०७९/८० पूर्णखाेप १०३.५ प्रतिशत आव २०८०/०८१ मा ८२ प्रतिशत पूर्ण खाेप कभरेज रहेकाे छ ।
१० वटा वडा रहेकाे चन्दननाथ नगरपालिका वडा नं. १ का ७२, वडा नं २ का १३२,वडा नं २ र ४ का ११ सय ३७,वडा नं ७ मा ३७२, वडा नं. ८ का १२७, वडा नं ९ का ४२ र वडा नं १० का ८९ जना किशाेरीलाई एचपीभि खाेप लगाइने भएकाे छ । भने वडा नं. ३ र ६ मा उक्त उमेर समुहका किशाेरी छैनन् ।
चन्दननाथका मेयर राजुसिंह कठायतले एचपीभि खाेप अभियानलाइ प्रभावकारी बनाउन नगरका सबै संयन्त्र जिम्मेवार भएर लाग्न सुझाव दिए । अभियानबाट काेहि नछुट्ने काेहि नदाेहाेरिने गरि खाेप अभियान संचालन गरिनु पर्ने बताए । चन्दननाथ नगरपालिकामा माघ २७ देखि २९ गते सम्म खाेप अभियान संचालन हुने छ ।