ताताेपानीकाे  १६ औं अधिवेशन: १७ वटा नीतिदेखि अर्धवार्षिक प्रगती अनुमाेदन

जुम्ला । ताताेपानी गाउँपालिका गाउँसभाकाे १६ औं अधिवेशन विभिन्न नीति पारित गर्दै सम्पन्न भएकाे छ । विद्यायन अधिवेशनका रुपमा संचालन हुने हिउँदे अधिवशेनमा विशेष गरि नयाँ नीति पारित र पूरा नीति संशाेधन गरिन्छ ।

यसैबीच ताताेपानी गाउँपालिकाकाे १६ औं अधिवेशनले नयाँ १५ र २ वटा संशाेधन सहित १७ वटा कार्यविधि,ऐन पारित गरेकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत तीर्थ बहादुर कठायतका अनुसार दैनिक कार्य सम्पादनलाई प्रभावकारी र सहज बनाउन १५ वटा नयाँ कार्यविधि र ऐन पारित गरिएकाे छ । भने २ वटा कार्यविधि संशाेधन गरेर पारित गरिएकाे छ ।

त्यसैगरी १६ औं अधिवेशनले ताताेपानी गाउँपालिकाकाे चालू आर्थिक वर्षकाे अर्धवार्षिक भाैतिक तथा पूँजीगत खर्चकाे प्रगती विवरणलाई अनुमाेदन गरेकाे छ ।

अनुमाेदित प्रगति विवरणानुसार चालू आ.व २०८१/८२ को अर्धवार्षिक वितिय प्रगती तर्फ तथा पुजीगत खर्च १५.२४ प्रतिशत र चालु खर्च ३३.१६ प्रतिशत गरी समग्रमा २७.३२ प्रतिशत बजेट कार्यान्वय भएकाे प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिए।

पारित भएका १७ वटा नीति मध्य बिमा सम्बन्धी कार्यविधी- २०८१, एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधी-२०८१, लोकसेवा आयोगको निशुल्क कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधी-२०८१, अटोरिक्सा सम्बन्धी सञ्चालन तथा व्यवस्थापन ऐन- २०८१, तातोपानी गाउँपालिका व्यवसायिक पंक्षी फर्म तथा ह्याचरी सञ्चालन सम्बन्धी कार्यविधी-२०८१ पारित गरिएकाे छ ।

तातोपानी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी कार्यविधी-२०८१, तातोपानी गाउँपालिकाको नर्सरी सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०८१, पोषण मैत्री वडा तथा पालिका घोषणा सम्बन्धी कार्यविधी-२०८१, ढुङ्गा गिट्टी बालुवा उत्खनन सम्बन्धी मापदण्ड-२०८१, घर नक्सा पास सम्बन्धी कार्यविधी-२०८०  पारित गरिएकाे ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँईले बताए ।

उनका अनुसार  पहिलो संशोधन, तातोपानी धारा सञ्चालन तथा व्यवस्थापन कार्यविधी-२०७९ पहिलो संशोधन, कन्टीजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधी-२०८१, छाउपडी प्रथा विरुद्धको कार्यक्रम कार्यान्वयन कार्यविधी-२०८१ बाल सहभागिता कार्यविधी- २०८१, बाल बिवाह निरोत्साहित निर्देशिका-२०८१, बाल बालिकाहरु माथी हुने सबै प्रकारका हिंसा उजुरी सुनुवाई कार्यविधी-२०८१, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका- २०८१ लगायत विविध नीति पारित गर्ने निर्णय गर्दै १६ औं अधिवेशन सम्पन्न भएकाे छ ।

अधिवशेन सम्पन्न गराउन सहयाेग गर्ने गाउँसभा सदस्य,कार्यपालिका सदस्य तथा सराेकारवालाई गाउँपालिका अध्यक्ष चाैलागाँईले धन्यबाद ज्ञापन गरेका छन् ।

ताताेपनी गाउँपालिका उपाध्यक्ष रेवती रावलले पालिकाकाे पूर्वाधार विकासलाई गुणस्तर बनाउन अनुगमन संयाेजकका हिसाबले अनुमगन निरिक्षण तथा गणस्तर मापनलाई जाेड दिएकाे बताईन् । उनका अनुसार आन्तरिक आय बृद्दिकाे दायरालाई फराकिलाे बनाई राजश्व परिचालनमा जाेड दिईएकाे छ ।

चालू आवकाे ६ महिनामा ताताेपानीले १७ लाख ५३ हजार ८ सय राजश्व संकलन गरेकाे छ ।  त्यस्तै जिल्लामै पहिलाे ८ सय घरधुरीकाे घर बीमा कार्यक्रमबाट लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस