ताताेपानीकाे विकट ‘थलाले गाउँमा’ पहिलाे पटक पुग्याे गाडी,स्थानीय उत्साहित

जुम्ला । ताताेपानी गाउँपालिकाकाे सबैभन्दा विकट बस्ती ‘थलाले गाउँ’ सडक सञ्जालमा जाेडिएसंगै पहिलाे पटक गाडी पुगेकाे छ । तातोपानी गाउँपालिका वडा नं ८ काे भाैगाेलिक रुपमा निकै विकट थलाले गाउँ वर्षाैपछि सडक संञ्जालमा जाेडिएकाे हाे ।

निर्माण सम्पन्न भएकाे उक्त ‘जाेखे आटीदेखि थलाले सम्मकाे सडक मंगलबार गाउँपालिका अधयक्ष नन्दप्रसाद चाैलागाँई,प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले संयुक्त उद्घाटन गरे । भने गाउँमा पहिलाे पटक गाडी पुगेपछि थलालेबासीले भव्य स्वागत गरेका छन् ।

स्थानीय सरकार संचालन भएकाे सात वर्ष बितिसक्दा पनि सडक नपुगेकाे थलाले गाउँमा वर्षाैपछि सडक पुग्दा थलालेबासी खुसी भएका छन् । गाउँमा पहिलाे पटक गाडी पुगेपछि थलालेबासीले भव्य स्वागत गरेका हुन् ।

‘गाउँमा सडक पुग्याे विकास पुगेकाे अनुभूति भयाे । सडक नहुँदा दुख हामीले पायाै,हाम्रा छाेरा नातिले दुख नपाउने भया । यहि कुराले खुसी छाै ।’

थलालेका स्थानीय ६० वर्षिय दिर्घ बहादुर शाहीले भने,’पहिलाे पटक गाउँमा गाडी पुग्याे । याे भन्दा अगाडि माेटरसाईकल ट्याक्टर पुगिसकेका थिए । अब दैनिक गाडी नआयापनि दुख बिरामी पर्दा माेटरसाईलमै भएपनि लिन सकिने भयाे ।’

त्यस्तै थलाले गाउँका ५८ वर्षिय लाल बहादुर शाहीले गाउँमा पहिलाे पटक गाडि पुगेपछि जीवनका वर्ष उकाली ओराली गर्दै राताे पिराे अनुहार लगाएर पिठ्युमा भारी बाेकेका दिन सम्झिए ।
‘यति विकट गाउँमा सडक पुग्ला । गाडी आउला भन्ने कल्पना पनि थिएन् ।’ उनले भने,’गाउँपालिकाले सडक पुरायाे । बल्ल घरघरमा जनताकाे सरकार आएकाे अनुभूति भयाे। विटक थलाले गाउँले सुखका दिन आए ।’

समुद्रि सतहदेखि २ हजार ७८० मिटर उचाईमा अबस्थित थलाले गाउँमा आफ्नाे कार्यकालमा सडक पुराउन पाउँदा ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाइले खुसी व्यक्त गरे ।

अध्यक्ष चाैलागाँईले भने,’चुनावका बेला म थलाले पुग्न सकेकाे थिएन् । तर पहिलाे पटक पुगेकाे गाडीसंगै पनि पहिलाे पटक थलाले पुगे । थलालेमा बाटाे,बत्ती र संचार नपुराएर थलाले नजाने बाचा गरेकाे । निर्वाचित भएकाे साढे दुई वर्षमा विकट थलालेलाई सडक,बत्ती र संचारकाे पहुँचमा पुराएर मात्र गाउँमा आएकाे छु । भेरीखाेलालाई विशेष क्षेत्र घाेषणा गरेर विकास निर्माण गरिरहेकाे छु।’


प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले सडक विकासकाे मेरुदण्ड भएकाेले थलाले गाउँ सडकमा जाेडिनु गाैरबकाे विषय भएकाे बताए । अब थलाले गाउँकाे दैनिकी सहज हुने अपेक्षा व्यक्त गरे । अहिले सम्म सडक पहुँच नपुगेकाे थलालेमा पालिकाले सडक निर्मण गरी जनताकाे आबश्यकता पुर्ति गरेकाे उल्लेख गरे ।

ताताेपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले तीन प्याकेज गरि उक्त सडक निर्माण गरिएकाे बताए । उनले भने,’थलालेमा सडक पुराउन सम्भव हुन्न की भन्ने साेचेका थियाै । तर स्थानीयकाे सक्रियतामा विकट गाउँमा सडक पुग्याे । गाउँमा पहिलाे पटक गाडी पुग्याे । याे भेरीखाेला क्षेत्रका लागि एतिहासिक विकास हाे ।

सडककाे सुरक्षामा स्थानीयले ध्यान दिन आबश्यक छ ।’
ताताेपानीका प्राविधिक शाखा प्रमुख डिल्ली बुढाका अनुसार करिब डेढ कराेड लगानीमा सडक निर्माण गरिएकाे बताए । याे सडकमा पूर्वाधार कार्यालय र ताताेपानीकाे संयुक्त लगानी छ ।
पहिलाे प्याकेजमा १५ लाख,दाेस्राे प्याकेजमा २५ लाख।तेस्राे प्याकेजमा ५० लाख,चाैथाे प्याकेजमा ४० लाख बढी रकम लगानी भएकाे छ ।

उनका अनुसार पाथरखाेलादेखि थलाले गाउँ सम्म उक्त सडककाे दुरी ४.७१ किलाेमिटर रहेकाे छ । जसमा चालू आर्थिक वर्षमा १८ सय २५ मिटर सडक निर्माण गरिएकाे छ । ईन्जिनियर बुढाले भने,’सडक स्टकचरकाे काम धेरै बाँकि छ । पक्की पर्खाल,नाला तथा अन्य फिनिसिङकाे काम गर्न बाकि छ । पूर्वाधार विकास कार्यालयले काम गर्दै छाेड्दै गरेकाे छ ।’

प्रकाशित मिति : २०८१ माघ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस