जुम्ला – चन्दननाथ नगरपालिका – १ आचार्यवाडाका जयकृष्ण आचार्यले १० किलो पनि आलुको बीउ जुम्लामा पाउन नसकिएको बताए । उनले भने, अहिले यहाँ आलु रोप्ने सिजन हो । तर धेरै ठाउँ खोजियो । तर भेटाउन सकिएको छैन । आलुको विषयमा अनुसन्धान गर्दै आएको बागवानी अनुसन्धान केन्द्र राजिकोटमा समेत आलुको बिउ भेटिए । आलुको बीउ नपाउदा बारी बाँझै छ ।
तिला गाउँपालिका – ६ रिपी गाउँका डिल्ली रावतले भने जुम्लामा अहिले आलु अभाव छ । विकट भुभागमा काही कतै अलि अलि होला तर प्राप्त मात्रमा छैन । आलु वीउ पाउन पनि कृषकलाई समस्या भएको छ ।
२० कुन्टल आलु उत्पादन भएको हो । ४ कुन्टल चामलसँग साट्ने काम गरौँ । २५ केजीका दुई बोरा आलु र एक बोरा चामल साँटिएको कृषक रावतले बताए । उनले भने, अरु जिल्ला बाहिर लिएर विक्रीवितरण गरिएको हो । अब घरमा अलि अलि आफैलाई खाने मात्रै राखेका छौँ ।
बागवानी अनुसन्धान केन्द्र राजिकोटका कृषि प्राविधिक सहायक हरि सुवेदीका अनुसार बागवानीमा पाँच टन आलु उत्पादन भएको हो । उनले भने, यहाँ पाँच जातको आलु उत्पादन हुने गरेको छ । जुम्ली लोकल, खुमल सेतो, डेजिरे, जनकदेव र कुफ्रिज्योती नामको आलु उत्पादन हुने गरेको छ ।
प्रतिकेजी ५० रुपियाँको दुई टन बीउ आलु विक्रीवितरण गरेका छौँ । बाँकी समुदायमा आधारित आलु खेती गर्ने गरेका छौँ । बाँकी बीउ आलु त्यही रोप्नका लागि विक्रीवितरण गरेका छैनौँ, उनले भने ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार गतवर्ष भन्दा आलु उत्पादन क्षेत्र बृद्धि हुँदै गएको छ । उनले भने आर्थिक वर्ष ०८०÷०८१ मा दुई हजार २४५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको थियो ।
त्यसको उत्पादन ३४ हजार ४५० मेट्रिक टन उत्पादन र उद्पादकत्व १५ दशमलव ३५ मेट्रिक टन रहेको थियो । त्यसैगरी ०८१÷०८२ मा दुई हजार २९० हेक्टर क्षेत्रफलमा खेती भएको थियो । उत्पादन ३५ हजार ९३० मेट्रिक टन र उद्पादकत्व १५ दशमलव ७ मेट्रिक टन रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
आलु उत्पादन हरेक वर्ष बृद्धि हुँदै गएको भएपनि धेरै खपत हुने भएको छ । प्रमुख अधिकारीले भने आलु बजारीकरणमा अनुदान रहेको छ । तर जुम्लामा २० कुन्टल आलु संकलन हुने गरेको छैन । यहाँका कृषकले २० कुन्टल आलु संकलन नगरेकै कारण अनुदान रकम कार्यन्वयनमा ल्याउन सकिएको छैन ।
सिजनमा आलु धेरै उत्पादन भएको देखिए पनि बेमौसममा भने यहाँका आलु नपुगेर बाहिर जिल्लाबाट आलु ल्याएर विक्रीवितरण भएको देखिन्छ । त्यसकारण यहाँ आलु उत्पादनमा बृद्धि गर्नुका साथै भण्डारको पनि व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
आलु खेतीको क्षेत्र विस्तार प्रवर्धन र बजारीकरणका लागि मंगलबार चन्दननाथ नगरपालिका – ५ मुख्य बजार कृष्णमन्दिर प्राङ्गणमा बीउ आलु मेला प्रदर्शनी गरिएको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए । । उनले भने, कृषि विकास कार्यालय, भुमि समस्या समाधान आयोग जिल्ला समिति जुम्ला, बागवानी अनुसन्धान केन्द्र राजिकोट र नेपाल पत्रकार महासंघ शाखा जुम्लाकोे बीउ आलु प्रर्दशनी मेला गरिएको हो ।
यहाँका ८ वटै स्थानीय तहको उच्च भुभागमा फल्ने आलु संकलन गरी कृष्णमन्दिर प्राङ्गणमा बीउ आलु प्रदर्शनी मेला गरिएको भुमि समस्या समाधान आयोग, जिल्ला समिति जुम्लाका विज्ञ सदस्य सुमन आचार्यले बताए । उनले भने, जुम्लामा विशेष गरी दुई सिजन, तीन महिने र ६ महिनामा फल्ने आलु रहेको छ । आलुको बजारीकरण र बृद्धि गर्नका लागि कृषकलाई प्रोत्साहित गर्नका लागि प्रर्दशनी मेला गरिएको हो ।
तिलाको ढिपु, हिमाको पाथरखोला, सिंजाको जुडु भाडगाउँ, कनकासुन्दरीको बोता, पातारासीको तिर्ख, तातोपानीको टोप्लालगायतको उच्च भुभागमा उत्पादन हुने आलु संकलन गरिएको आयोगको विज्ञ सदस्य आचार्यले बताए ।
यहाँ विशेषगरी दुई सिजनमा आलु रोप्ने गरिन्छ । तीन महिने र ६ महिनामा फल्ने आलु रोप्ने कृषि तालिका रहेको छ । आलु उत्पादन मौसममा मुल्य कम हुने र बेमौसममा मुल्य बढी हुने गर्दछ । मुल्य बृद्धि भएको समयमा आलु अभाव हुने गरेको विज्ञ सदस्य आचार्यले बताए । उनले भने, अहिले बेमौसममा आलुको मुल्य उच्च ६०÷७० रुपियाँ पुगेको देखिन्छ । तर कृषकले उत्पादनको परिश्रम अनुसार मुल्य पाउने गरेका छैनन् । कृषकको लागत, परिश्रम र दुरीका आधारमा पनि मुल्या निर्धारण हुन आवश्यक छ ।




