सिंजाको विष्टवाडामा स्वास्थ्य शिविर, २७३ जनाले सेवा लिए

जुम्ला – सिंजा गाउँपालिका – २ विष्टवाडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोग सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जनस्वास्थ्य कार्यालयको सहयोग , प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको समन्वय, सिंजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।


नसर्ने रोग सम्वन्धि प्रेसर, सुगर र महिलाको पाठेघर क्यान्सरको चेकजाँच गरिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए । उनले भने, २११ जना महिला र ६२ जना पुरुषको स्वास्थ्य चेकजाँच गरिएको हो ।


तौल र उचाई मापन १८२ जना, प्रेसर चेकजाँच २७३ जना, सुगर चेकजाँच २ सय जना र पिसाबमा प्रोटीन चेकजाँच २ सय जना गरिएको छ । यसमा पाँच जनाको पिसावमा प्रोटिन देखिएको थियो ।

महिलाको पाठेघर परिक्षण १४४ जना, रिङ पे्रसरी प्रयोग गरेका ७ जना महिला ७ जना, पाठेघरको अप्रेशन गर्नुपर्ने २ जना महिला रहेको स्वास्थ्य शाखा संयोजक रोकायाले बताए । उनले भने, पाठेघर सम्बन्धी समस्या भई थप उपचार गर्न २६ जना महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस