बालबालिकाकाे चाैतर्फी विकासका लागि अभिभावक शिक्षामा जाेड

जुम्ला । बालबालिकाकाे चाैतर्फी विकासका लागि अभिभावक शिक्षा तथा चेतनामा जाेड दिनुपर्ने बताएका छन् । बालबालिकाका लागि पहिलाे पाठशाला घर र शिक्षक शिक्षिका आमा बुबा भएकाेले उनिहरुकाे शारिरिक,मानसिक,स्वास्थ्य,शिक्षा,अनुशासन लगायतकाे विकासका लागि अभिभावकलाई सचेत बनाउनु पर्नेमा जाेड दिएका हुन् ।

पेश नेपालद्वारा आइतबार आयाेजित अभिभावक शिक्षा सचेतना कार्यक्रममा सहभागी सिंजा-६ का कनकासुन्दरी गाउँपालिका-६ कि गाेमा शाहीले भनिन,’बालबालिकाकाे चाैतर्फी विकासका निम्ति अभिभावककाे भूमिका महत्वपूर्ण रहन्छ छ । गाउँका अभिभावकलाइ सचेत बनाउन पेश नेपालद्वारा संचालित आधार परियाेजनाले उल्लेखीय काम गरेकाे छ । यस्ता कार्यक्रम स्थानीयतहले निन्तरता दिनुपर्छ ।’

विगतमा बालबालिका प्रति त्यति वास्ता गर्थेनाै । अहिले के गर्याे कसाे गर्याै भन्ने चिन्ता लागि रहन्छ । हिमा गाउँपालिका-६ का नवराज परिया भन्छन,’पेश नेपालले अभिभावक शिक्षा दिएपनि हाम्राे आफ्नै लापरबाहीले छाेराछाेरी बिग्रिने रहेछन् भन्ने कुरा थाहा भयाे । हामीले छाेराछाेरीकाे पठपाठन देखि बानी व्यवहाेराकाे जाँचबुच गर्ने,विद्यालय जाने साेधीखाेजी गर्नु अति आबश्यक छ । यसले गर्दा बालबालिकाकाे बाैद्दिक, शैक्षिक, शारिरिक, मानसिक विकासमा टेवा पुग्ने रहेछ ।’

छाेरा छाेरीलाई विद्यालय पठाएपछि आफ्नाे जिम्मेवारी सकियाे भन्ने मानसिकता केही अभिभावकमा देखिन्छ । जसले गलत संगत हाेस वा पढाईमा ध्यान नदिएर गलत कार्यमा लागेपछि पश्चात् गर्ने परिपाटी बढि छ । त्यस्ता समस्यालाई मध्यनजर गर्दै आधार परियाेजना मार्फत अभिभावक शिक्षा सचेतनामा जाेड दिएकाे पेश नेपाल जुम्लामा परियाेजना संयाेजक हेमराज भट्टले बताए ।

उनका अनुसार सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरीका विभिन्न गाउँका अभिभावकलाई बालबालिका प्रति जिम्मेवार बनाउनका लागि सिकाउने गरिएकाे छ ।
बालकालिकाकाे चाैतर्फी विकासका लागि अभिभावकालाई दिईने शिक्षा अभिभावक शिक्षा हाे । जस्ताे स्वास्थ्य पाेषण,शारिक मानसिक बृद्दि विकास बारे दिईने शिक्षा अभिभावक शिक्षा । जुन आजकाे समयमा अतिनै महत्व पूर्ण तथा आबश्यक विषय हाे ।

आधारभूत तहका बालबालिका विद्यालय भन्दा बढी समुदायमा बस्छन् । त्यसैले अभिभावक शिक्षा देखि पढाइ कुना संचालन प्रभावकारी देखिएकाे कनकासुन्दरी-७ का बम बहादुर कार्कीले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गाैरीन्द आर्चायले दुरदराजकाे शैक्षिक अबस्था सुधारका लागि पेश नेपालले सिंजा क्षेत्रमा गरेकाे काम उल्लेखीय रहेकाे बताए । गुणस्तरिय शिक्षाका लागि भवन,धारा,शाैचालय लगायतका पूर्वाधार निर्माण तथा अभिभावक शिक्षा,पढाइ कुना निर्माणमा राम्राे काम भएकाे उनकाे भनाई छ ।

पेश नेपाल जुम्लाका सचिव मानदत्त रावलले परियाेजना मार्फत सामुदायिक विद्यालयकाे शैक्षिक अबस्था सुधार गर्ने,बालबालिकाकाे सिकाई बृद्वि र विद्यालयमा पहुँच बृद्वि गर्ने लक्ष्य राखिएकाे बताए ।

सामुदायिक विद्यालयकाे शिक्षा कमजाेर रहेकाे भाष्य बनाईएकाले पेश नेपालले सिंजा क्षेत्रका दुर्गम १० विद्यालय र गाउँगाउँमा शिक्षा केन्द्रित कार्यक्रम संचालन गरेकाे उनकाे भनाई छ ।

सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चाैलागाइ,नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले सामुदायिक विद्यालयकाे शैक्षिक अवस्था सुधारका लागि विद्यालय केन्द्रित मात्र अभिभावकहरुकाे क्षामता बृद्दिमा गरेकाे काम प्रशंसा याेग्य रहेकाे बताए ।

साथै श्रीमाध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लाल बहादुर बुढाले भने,’२०७९ काे बाढी पहिराेले विद्यालय क्षति हुँदा एक वर्ष खुल्ला आकाशमै पढाउन बाध्य भयाै । तर २०८० बाट आधार परियाेजना लागू हुँदा भूकम्प प्रतिराेधि भवन बने,शाैचालय पानी बन्याे । अहिले सहज भएकाे छ ।’
साथै पढाइ कुनाले बालबालिकाकाे पठन संस्कृति विकास संगै व्यवहारिक ज्ञान बृद्दिमा उल्लेखीय सुधार भएकाे छ ।

पढाइ कुनाले बालबालिकाले आफले चाहेकाे विषय पढ्न रुचाउने,कथा पढ्ने,सिकाई बृद्दि,पठन बाेध,व्यवहारिक ज्ञान लगयतका क्षेत्रमा सकरात्मक प्रभाव देखिएकाे छ ।

पेशा नेपालद्वारा संचालित आधार परियाेजनालेसिंजा क्षेत्रका १० विद्यालयमा काम गरिरहेकाे छ । पेश नेपालकाे तथ्यांकनुसार सिंजा क्षेत्रका तीन पालिकाका ७११ घरधुरीमा पढाइ कुना बनेका छन् । भने २३ सय बालबालिकालाइ पढाइ कुनाकाे पहुँचमा पुराउने लक्ष्य राखिएकाे छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस