जुम्ली सेवा समाज कतारकाे अध्यक्षमा रुपक सिन्जाली र महासचिवमा कमल थापा चयन

जुम्ला । वैदेशिक राेजगारमा रहेका यूवाकाे हरुकाे हितमा पैरबी र वकालत गर्दै आएकाे जुम्ली सेवा समाज,कतारकाे नयाँ नेतृत्व चयन गरिएकाे छ ।

शुक्रबार कतारकाे सनैया स्थित रेड चिल्ली रेस्टुरेन्टमा सम्पन्न जुम्ली सेवा समाज, कतारको पाचौं साधारणसभाबाट रुपक सिन्जालीकाे अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

पाँचाै साधारण सभाले वैदेशिक राेजगारीकाे सिलसिलामा कतारमा रहेका जुम्ली यूवाहरुकाे पेशागत सुरक्षा,वकालत तथा पैरबी गर्ने महत्वपूूर्ण जिम्मेवारी रुपक सिंजालीलाई सुम्पिएकाे छ ।

साधारण सभाले अध्यक्षमा सिंजाली,संगै महासचिवमा कमल थापा र सचिवमा ताताेपानी-१ का तिलक नेपालीलाई सर्वसम्मत चयन गरेकाे छ ।

त्यस्तै नयाँ कार्य समितिकाे प्रथम उपाध्यक्षमा भुवन सुनार,उपाध्यक्षमा गोबिन्द्र नेपाली,महासचिव – कमल थापा,सचिव – तिलक नेपाली,कोषाध्यक्ष डिलक जि.सी,सह कोषाध्यक्ष बिजय सार्की चयन भएका छन् ।

सल्लाहकारमा नरेन्द्र नेपाली चयन हुँदा कार्यसमिति सदस्ययतर्फ सन्तोष बुढा,पदम नेपाली, रतिमान नेपाली, मुकेश नेपाली, जगत राना, जैदुन नेपाली, अमृत नेपाली, जीवन बुढा र प्रकाश हमाल भयन भएका छन् ।

त्यस्तै जुम्ली सेवा समाज कतारकाे प्रमुख सल्लाहकार बल बहादुर रोकाया,संरक्षकमा बल बहादुर जिसी रहेका छन् । भने चार सदस्यीय सल्लाहकार टिममा शिभ कार्की,जगत जि.सि, लक्ष्मणर बुढा, बिमाला शाही रहेेका छन् ।

आफ्नाे क्षामता भ्याए सम्म जुम्ला एकता समाज,कतारलाई सबैकाे भराेसा याेग्य संंस्था बनाउन लागि पर्ने नवनिर्वाचित अध्यक्ष रुपक सिन्जालीले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस