
जुम्ला । हिमा गाउँपालिकाले बितेकाे साढे दुई वर्षकाे अवधिमा खानेपानी विका तथा सरसफाई व्यवस्थापनमा उल्लेखीय काम गरेकाे छ । सुस्वा परियाेजना र हिमाकाे लगानीमा हिमाका सबै घरधुरीमा स्वच्छ खानेपानी पुराउने लक्ष्य राखिएकाे छ । हाल सम्म करिब १२ सयबढी घरधुरीमा एकघर,एकधारा पुगिसकेकाे छ ।
यसैबीच हिमा गाउँपालिका वडा नं १ स्थित दिवारगाउँकाे तल्लाे बस्तीलाई पूर्ण सरसफाई उन्मुख बस्ती घाेषणा गरिएकाे छ । आईतबार हिमा सिंजा र कनकासुन्दरीकाे आयाेजित खानेपानी सरसफाई तथा,स्वच्छता (वास) सम्मेलनकाे अबसरमा दिवारगाउँकाे तल्लाे बस्तीलाई खानेपानी मन्त्री प्रदिप यादवले पूर्ण सरसफाई उन्मुख गाउँ घाेषणा गरे ।
विभिन्न सूचक पूरा गर्दै जुम्लाकाे पहिलाे बस्तीका रुपमा दिवारगाउँ तल्लाे बस्ति घाेषणा हुनु खुसीकाे कुरा भएकाे मन्त्रीले उल्लेख गरे ।
पहिलाे पटक जुम्ला पुग्दा कर्णालीमा राेग,भाेक र अभाव छ भनेर गलत प्रचार गरिएकाे कुरा अनुभूति भएकाे उल्लेख गरे ।
सुगमका बस्तीहरु पूर्ण सरसफाई उन्मुख घाेषणा हुन नसकेकाे अबस्थामा जुम्लाका बस्ती पूर्ण सरसफाई उन्मुख घाेषाणा हुनु खुसीकाे कुरा हाे । यसकाे निरन्तरतामा ध्यान दिन सुझाव दिए ।
दिवारगाउँ तल्लाे बस्तीका ७० घरधुरीमा एक घर,एकधारा,शाैचालय पहुँच पुग्नुका साथै निर्धारित सबै सूचक पूरा गरेपछि जिल्लाकाे पहिलाे बस्तीका रुपमा पूर्ण सरसफाई उन्मुख बस्ती घाेषणा गरिएकाे हिमा गाउँपालिका वास संयाेजक सुमिता शाहीले बताईन् ।

उनका अनुसार हिमाले सबै बस्तीमा स्वच्छ पानी धारा पुराउने साेच राेखेकाे छ । दिवारगाउँ तल्लाे बस्ती सरसफाईमा नमुना गाउँ घाेषणा भएपछि स्थानीय खुसी भएका छन् । अझै अन्य बस्तीलाई घाेषणा गर्ने गरि कार्यक्रम अघि बढाउन आग्रह गरेका छन् ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले खानेपानी विकास विकास तथा विस्तातारमा मन्त्रालयले विशेष ध्यानदिन अनुराेध गरे ।जिल्लाकै पूर्ण सरसफाई युक्त पालिका घाेषणा गर्ने लक्ष्यनुसार अघि बढेकाे उनकाे भनाई छ