ताताेपानीमा दुई कराेडकाे सुविधायुक्त ज्येष्ठ नागरिक भवन बन्ने,सांसद कठायतद्वारा शिलान्यास

जुम्ला । तातोपानी गाउँपालिका-५ स्थित फानचौरमा ज्येष्ठ नागरिकका लागि सुविधा सम्पन्न पक्की भवन निर्माण हुने भएको छ। पालिकाभित्रका सम्पूर्ण ज्येष्ठ नागरिकको आश्रयका लागि पालिकाको पहल तथा संघीय सरकारको दुई करोड बढी लगानीमा सुविधायुक्त भवन निर्माण हुने भए‌को हो।

चालु आवभित्रै सम्पन्न हुने लोष्ठ नागरिक संगको भवन निर्माणको सोमबार शिलान्यास गरिएको छ। प्रतिनिधिसभा सदस्य विनिता कठायतले भवन निर्माणको शिलान्यास गरेकी हुन्। पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको समन्वय तथा पहल र सांसद कठायतकै पहलमा ज्येष्ठ नागरिक संपको भवन निर्माणको बजेट विनियोजन भएको हो।

चालु आवमा कार्यान्वयन हुने गरी संघीय सरकारले दुई करोड पाँच लाख विनियोजन गरेपछि जिल्लाका आठ पालिकामध्ये तातोपानीमा पहिलो न्येष्ठ नागरिकको सुरक्षार्थ भवन गर्न लागिएको सांसद बिनिता कठायतले बताइन्।

हरेक व्यक्ति भविष्यमा ज्येष्ठ नागरिक बन्छ । तर गाउँ घरमा छरिएर रहेका जोष्ठ नागरिकलाई एकै छहारीमा ल्याउन सुख दुःख साइने बातावरण बनाउन भवन निर्माणको पहल गरेका हौं।

उनले भनिन्, ‘भवन निर्माणपछि तातोपानीका ज्येष्ठ नागरिकलाई राहत पुने छ। संपीयतापछि ज्येष्ठ नागरिक संघको कमिटि पालिकास्तरमा गठन भएका छन्। जसमध्ये जिल्लामै पहिलो तातोपानीले आफ् नो भवन बनाउन सफल भएको छ । गुणस्तर संरचना निर्माण र भवन संचालनमा ध्यान दिन आवश्यक छ।’

दुई करोड लगानीमा बन्ने भवनको ठेक्का आह्वान भए निर्माण व्यवसायी काम गर्नका लागि तयारी अवस्थामा रहेको छ। तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं पहिलो वर्ष एकतले सुविधायुक्त भवन निर्माण हुने बताउँछन्।

उनी भन्छन्, ‘जिल्लाका आठ पालिकामध्ये तातोपानीमा हामीले ज्येष्ठ नागरिकका समस्या सुनेर भवन निर्माणको प्रक्रिया बढ़ाए‌का छीं। आवश्यकतानुसार पालिकाले पनि सहयोग गर्दै आए‌को छ। करोडीमा बन्ने संरचना गुणस्तर र भरपर्दो निर्माणमा ध्यान दिन सुवाव दिएका छन्।’

उनका अनुसार भवनभित्र बैठक कक्ष, मनोरञ्जन हल, पदाधिकारी कार्यकक्ष, खानेपानी धारा, शौचालय, घेराबार, कार्यालय परिसर लगायतका संरचना निर्माण हुनेछ।

भवन निर्माण हुने भएपछि तातोपानीफा जयेष्ठ नागरिक उत्साहित छन्। जिल्लामा भए‌को भवनमा प्रायः जिल्ला समितिका पदाधिकारी करने गरेका छन्। ज्येष्ठ नागरिक संघ तातोपानीका अध्यक्ष दल खड्‌का भन्छन,’सबै बजार जान पाएक छैन। पालिकास्तरमा संघ गठनपछि निरन्तर पालिकामा माग गरेका थियौं। गाउँपालिका अध्यक्षले पहल गरिदिएपछि सांसद कठायतले बजेट विनियोजन गरिदिनुभयो। अन्ततः भवन बन्ने भयो। निकै खुसी छौं।’

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय मातहत भवन बन्ने छ । भने पालिकाले गुणस्तरदेखि संरचना निर्माणको गतिलाई नियमित निरिक्षण गर्नेछ । जिल्लाका आठे पालिकामा ज्येष्ठ नागरिक संघ विस्तार भए पनि तातोपानीबाहेक अन्यले भवन बनाउन सकेका छैनन्।
लाखौं पर्ने जग्गा दान

तातोपानीमा जिल्लाकै ज्येष्ठ नागरिक संगको भवन निर्माणका लागि तातोपानी गाउँपालिका-५ निवासी मनशोभा चौलागाईले निःशुल्क प्रदान गरेकी छन्। पालिकास्तरीय ज्येष्ठ नागरिक संथको भवन निर्माणका लागि फानचौरमा रहेको २ हजार २० वर्गमिटर जागा निःशुल्क दान गरेकी हुन्।

जेष्ठ नागरिक भवन निर्माण गर्ने कुरा चले पनि जना अभावले रोकिए‌को थियो। तर गाउँपालिका अध्यक्षका आफन्त नै जमा दिन सहमत भएपछि भवन निर्माणको बाटो खुलेको हो।

तातोपानी स्थित फानचीरमा रहेको किता नम्बर ५ (ग) को किता नम्ार ६० को २ हजार २० वर्गमिटर क्षेत्रको जशा ज्जयेष्ठ नागरिक संपको नाममा नामसारी लापुर्जासमेत प्रदान गरिए‌को छ।

फानचौरी परिवारले लाखौ पर्ने जमा ज्येष्ठ नागरिकको आर्शिवाद स्वस्य कुनै मोलमोलाई नगरी ज्येष्ठ नागरिक संघका नाममा जग्गा दिएका थिए। फान्चौरी परिवार र ज्येष्ठ नागरिक संप तातोपानीबीच जणा दिनेबारे सहमति पत्रमा भनिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस