जुम्ला । विकास साझेदार संस्था किर्डाक नेपाल द्वारा आयाेजित हिमाली संवाद जुम्लामा सुरु भएकाे छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिक अगुवा,बालबालिका,तथा यूवाहरुकाे सहभागितामा हिमाली संवाद सुरु भएकाे हाे ।
हिमाली संवादकाे कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले ओैपचारिक उद्घाटन गरेका छन् । संवादकाे उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले कार्बन उत्सर्जनमा हाम्राे भूमिका नभएपनि जथाभावी बाटाे खन्ने,रुख बिरुवा मास्ने, र वातावरण मास्ने काम हामीबाट भएकाेले जलवायू परिवर्तनकाे असर देखिन थालेकाे बताए ।
उनले भने,’धनी राष्ट्रहरु गरेकाे कार्वन उत्सर्जनकाे असर हामीले भाेगी रहेका छाै । हाम्राे कुनेै दाेष छैन भनेर उम्कीन पाउँदैनाै। संघियतापछि वातावरण मास्ने काम बढी भएकाे छ । अबकाे विकास वातारणमैत्री हुनु पर्ने हिमाली संवाद केन्द्रित हुनु पर्छ ।’
जिल्ला समन्वय समिति समितिका प्रमुख गाैरीनन्द आर्चाय,प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगायतका बक्ताले कर्णालीमा जलवायू परिवर्तनले पारेका असर र त्यसबाट अनुकुलित हुनेेका लागि नीतिगत रुपमा गर्नु पर्ने कामका विषयमा हिमाली संवादमा चर्चा गर्नु पर्ने बताएका छन् ।
किर्डाक नेपालका कार्यकारी निर्देशक गाेविन्द बहादुर शाहीले सरकारले गर्ने सगरमाथा संवादमा कर्णालीका सवालहरु समावेश गर्न हिमाली संवादकाे आयाेजना गरिएकाे बताए ।
जलवायू परिवर्तनले पारेकाे असर र त्यसबाट अनुकुलित हुन गर्नुपर्ने प्रयासका विषयमा हिमाली संवादमा छलफल हुने छ । संवादबाट उठेका सबै सवालहरुलाई संग्रहित गरेर सरकारलाई बुझाईने छ ।
किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले किर्डाक नेपालले सामाजिक विकास,समनता कायम संगै पछिल्लाे समय जलवायू परिवर्तनका असर न्यनिकरण,हिमाल बचाउ अभियान,बाल सहभागिता लगायतका क्षेत्रमा किर्डाकले काम गरेकाे उल्लेख गरे ।
हिमाली संवादमा उठेका विषय माथि बैशाख २२ गते काठ्मान्डाैमा हुने बहसमा समावेश गरिने छ । भने त्यहाबाट उठेका कुरालाई सगरमाथा संवादमा राखिने छ ।
किर्डाकद्वारा आयाेजित हिमाली संवादमा कर्णाली प्रदेशभरका २ सय जनाकाे सहभागिता रहने छ । भने दुई दिन सम्म संचालन हुने संवादमा जलवायू प्रभाव तथा अनुकुलन बारे चार वटा प्राविधिक शत्र संचालन हुने भएका छन् ।



