जुम्ला । जुम्लामा आयाेजित हिमाली संवादकाे पहिलाे शत्रमा जलवायू परिवर्तनले पारेकाे प्रभावका विषयमा बालबालिकाले आफ्ना अनुभव सुनाएका छन् ।
विगतमा आउने पानीका मुहान सुक्दै गएकाे, कहिले नआउने खाेलामा बाढी पहिराे आएकाे,स्कुल जाने पूल भत्कीएकाे पढाई प्रभावित भएकाे अनुुभव सुनाए ।
जुम्लाका गाेर्कण सुनारले जुम्लाकाे एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले वातावरण मैत्री विकास गर्न नसेकाे गुनासाे सुनाए ।
जुम्लाकाे एकमात्र चन्दननाथ नगरपालिकामा फाेहाेर राख्ने प्रयाप्त डस्टविन समेत नहुनुले स्थानीय सरकार जलवायू अनुकुलनका कार्यमा कमजाेेर रहेकाे भएकाे बताए ।
कालिकाेट शुभकालिकाका विपिन धितालले जलवायू परिवर्तनले पानीका मुहान सुक्दा बालीनालीकाे उत्पादन घट्दा त्यसकाे प्रत्यक्ष असर बालबालिकामा परेकाे उल्लेख गरे ।
उनले भने,’उत्पादन घट्दा खाधन्न अभाव भएकाे छ । यतिमात्र हाेईन २०७९ सालमा आएकाे बाढीले खेतीयाेेग्य जमिन बगेपछि उत्पादन घट्दा कूषाेणकाे जाेखिम बढेकाे छ । विगतमा जताततै पाईने पानीका मुहान सुकेपछि उस्तै समस्या छ । बाटाे भत्केर विद्यालय जान नपाउने जस्ता कठिनाई भाेगेका छाै । याे सबै जलवायू परिवर्तनकै कारण त हाेला ?’
‘शत्र हिमाली क्षेत्रका बालबालिकाहरुले जलवायू संकटमा भाेगेका भाेगाई र अनुभवका कथाहरु’- शत्रमा नरहरीनाथ कालिकाेटकी माेनिका बुढा,सल्यानकी सीता नेपाली,डाेल्पाकी सृष्टि पहाडी र जुम्लाकी रमा खड्काले जलवायू परिवर्तनले बालबालिका प्रत्यक्ष प्रभाव पारेपनि सरकारी तवरबाट यी विषयमा खासै चासाे दिएर काम हुन नसकेकाे उल्लेख गरे ।
अब गैरसरकारी संस्थाहरु जलवायू परिवर्तनले बालबालिकामा परेकाे प्रभावबारे सूक्ष्म अध्ययन गर्नु पर्नेमा जाेड दिएका छन् । अहिले दाेस्राे सत्र हिमाली समुदायमा जलवायू परिवर्तनकाे प्रभाव विषयमा छलफल भईरहेकाे छ ।



