विश्व वातावरण दिवस: जुम्लाकाे कर्णाली मावि अनामनगरमा बृक्षाराेपण

जुम्ला । विश्व वातावरण दिवसका अबसरमा जुम्लामा वृक्षाराेपण गरिएकाे छ । दिवसका अबसरमा विहिबार विहान डिभिजन वन कार्यालय जुम्लाकाे आयाेजनामा चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली मावि अनामनगरमा बृक्षाराेपण गरिएकाे हाे ।

विद्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही,सुरक्षा निकायका प्रमुख,उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकाेटा,चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापा र पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईकाे लगायत सबै सरकारी कार्यालयका प्रमुख प्रतिनिधिकाे सहभागितामा बृक्षाराेपण गरिएकाे हाे ।

हरेक वर्ष जुन-५ तारिखमा मनाईने विश्व वातावरण दिवस अन्तर्गत यश वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्राे दायित्व” भन्ने नारा तय गरिएकाे डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए ।

उनका अनुसार विश्व वातावर्ण दिवसका अबसरमा आज दिँउसाे नगरपाालिका भित्रका विद्यालय बीच हाजिरी जवाफ प्रतियाेगिता संचालन गरिने छ ।

पछिल्लाे समय बढ्दै गएकाे अव्यवस्थित विकासले वाताबरणकाे चरम दाेहन भईरहेकाेले वाताबरणमैत्री पूर्वाधार विकासमा जाेड दिनु पर्ने डिभिजन प्रमुख बुढ्थापाले उल्लेख गरे ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस