तिला– ८ जुम्लाको १६ औँ बालविवाह मुक्त वडा घोषणा

जुम्ला – दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म सामाजिक हानिकारक अध्यास बालविवाह, घरेलुहिंसा, महिनावारी विभेद जस्ता सामाजिक हानिकारण अध्यास मुक्त गर्ने नेपाल सरकारको योजना रहेको छ । सोही अनुरुपमा स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संघसंस्थाले सामाजिक कुरिति विरुद्धमा अभियान सञ्चालन गर्दै आएका छन् । तिला गाउँपालिका – ८ जुम्लाको १६ औँ बालविवाह मुक्त वडा घोषणा भएको छ । तिला गाउँपालिका, वल्र्डभिजन, किर्डाक नेपाल जुम्लाको समन्वय सहकार्यमा बालविवाह वडा मुक्त घोषणा भएको हो ।


यहाँका आठ स्थानीय तहका ६० वटा वडामध्ये १६ वडा बालविवाहमुक्त घोषणा भएका छन् । हिमाका सात वडा १, २, ३, ५, ६ र ७ नम्बर वडा बालविवाहमुक्त भएका छन् । बालविवाहमुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका– २, ४ र ५, पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६ र ८ वडा, गुठीचौर गाउँपालिका– ४, सिँजा गाउँपालिका– २, ४ र ६, रहेको छ ।
किर्डाक नेपाल जुम्लाको बाल संरक्षण अधिकृत श्रीराम थापाका अनुसार तिला गाउँपालिका – ८ वडाका जुम्लाकोट र पुरुगाउँ बस्तीमा अनुगमन गरी सवै सुचक पुरा भएपछि बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।


यहाँका स्थानीय तहसँग समन्वय र सहकार्यमा किर्डाक, वल्र्डभिजन, प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वाेदय नेपाल, आइएनएफ, बालविवाह विरुद्धको साँझा अभियान, सुस्वालगायतका संघसंस्था बालविवाह जस्ता सामाजिक न्यायका विषयमा काम गर्दै आएका छन् । उमेरले २० वर्ष नपुगी बालविवाह गर्ने–गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना भराउने कानुनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस