जुम्ला – हिमा गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ मा सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभाको १८ औँ अधिवेशनले ६९ बुद्धे नीति तथा कार्यक्रमको ल्याएको छ ।
यस मध्येको ५९ औँ बुद्धामा सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको हो । सार्वजनिक बस गाउँपालिका भित्र सञ्चालन गर्ने पालिकाले नीति लिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।
हिमा गाउँपालिका अनुमानित बजेट ४० करोड २ लाख ७५ हजार रहेको छ ।
प्रकाशित मिति : २०८२ असार ११ गते मङ्गलवार



