आठाैँ जिल्ला सभाका ११ निर्णय: अवैध उत्खनन् राेक्नेदेखी संचार नीति तर्जुमासम्म,कार्यान्वयनमा चुनाैती

जुम्ला । जुम्लाकाे आठाैँ जिल्ला सभा विभिन्न ११ वटा निर्णय गर्दै सम्पन्न भएकाे छ । जिल्ला समन्वय समितिकाे आयाेजनामा भएकाे आठाैँ जिल्ला सभा संचार,नदीजन्य वस्तुकाे अवैध उत्खनन् राेक्ने सम्माका ११ वटनलनिर्णय गर्दै सभा सम्पन्न भएका छन् ।

आठाैँ गाउँ सभाकाे उद्घाटन पूर्वराज्य मन्त्री तथा माओवादी नेतृ गेमाा कुँवरकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।
उद्घाटन शत्रका बाेल्दै पूर्वराज्य मन्त्री गाेमा कुँवर गाैतमले जिल्लाका विकास निर्माण लाई गतिदिन सुझाव दिईन् ।

जिल्ला सभाले निर्णय गर्ने तर कार्यान्वयन गर्ने परिपाटी रहेकाेले काम गर्न सकिने मात्रै निर्णय गर्न पनि अनुराेध गरिन् । उनले भनिन,’विकासमा हुने राजनीतिलाई बन्द गर्नु पर्छ। नदीजन्य वस्तुकाे उत्खनन भईरहेकाे छ। स्थानीयतहले राेक्न सकेका छैनन् । अब निर्णय कार्यान्वयमा ध्यान दिन जरुरी छ ।’

जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले आठाैँ जिल्ला सभाकाे बन्द सत्रले जिल्लाकाे विकासलाई अघि बढाउन विद्यमान समस्याहरुलाई मध्यनजर गरि ११ वटा निर्णय गरेकाे बताए । उनका अनुसार गिट्टि बालुवाकाे उत्खननलाई व्यवस्थित बनाउनेदेखि संचार नीति तर्जुमा गर्ने लगायतका विषयमा जाेड दिएर ११ वटा निर्णय पारित भएका छन् ।

चन्दननाथ नपालिकाका प्रमुख राजुसिंह कठायतले जनचाहानुसार काम गर्न सबै पक्षकाे समन्वय सहकार्य हुनु पर्नेमा जाेड दिए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले तीन वर्षकाे कार्य सम्पादन र नागरिककाे अनुभुतिबारे निर्मम समीक गर्नु पर्ने बताए ।

संघियतापछि वित्तिय संघियता,राजनीतिक संघियता कार्यान्वयन भएपनि प्रशासनिक संघियता कार्यान्वयन अझै अन्याैलपुर्ण देखिएकाेले सुदृढढंगबाट अघि बढ्नु्नु पर्नेमा जाेड दिए ।

त्यस्तै ताताेपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले निर्णय कार्यान्वयमा ध्यान दिनु पर्ने र अनुगमन सर्वपक्षिय हुनु पर्ने्ने बताईन् । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेराले पर्यटन प्रर्बद्दनका गतिविधि न्यून भएकाेमा सबैकाे ध्यानर्कषण गराए ।

नेपाल पत्रकारमहासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले जिल्लाका अधिकांश स्थानीयतहले संचार क्षेत्रलाई उपेक्षा गरेकाे उल्लेख गरे । आफ्ना विकास याेजना आफै अनुगन गर्ने परिपाटि विकास गुणस्तर र जनमुखी नभएकाे शंका पैदा भएकाे बताए ।

निर्णयहरु महत्वपूर्ण भएपनि सम्बन्धित पक्षहरुले चासाे नदिँदा कार्यान्वयनमा चुनाैती देखिएकाे छ । जिसस प्रमुख आर्चायले भने,’कुनै एक पक्षबाट सक्रिय भएर जिल्लाकाे विकास सम्भव छैन् । सबै क्षेत्र सक्रिय भएर गरिएका निर्णय कार्यान्वयमा जाेड दिनु पर्छ ।’
यस्ता छन् ११ वटा निर्णय:
निर्यण नं १ मा छलफल गर्दा सातौ जिल्ला सभाका निर्यणहरु कार्यान्वयनको समिक्षा गर्दै कार्यान्वयन गर्न आवश्यक र बाँकी निर्णय प्रभावकारी रुपमा कार्यान्वय गर्ने निर्णय गरियो ।

निर्णय नं २ मा छलफल गर्दा विद्यमान वातावरण संरक्षण ऐन नियम लगायत प्रचलित कानुन बमोजिम नदिजन्य, खानिजन्य पर्दाथको समेत उत्खनन, संकलनका लागी सम्पूर्ण पालिकाहरुले प्रक्रीया अघि बढाउने निर्णय गरियो ।

निर्णय नं ३ मा छलफल गर्दा समन्वय बाट हुने अनुगमन कार्यलाई सघन बनाउन पहल गर्ने ।

निर्णय नं ४ मा छलफल गर्दा जिल्लाका विभिन्न नाकामा पर्यटन जानकारी वोर्ड निर्माण गर्ने र सो का लागि स्थान र संख्या समन्वय समितिमा प्रस्ताव गरि गाउँपालिकाहरुमा पठाउने ।

निर्णय नं ५ मा छलफलमा चालु आय व्यय अनुमोदन एंव आगामी आ.व को प्रस्तावित आय व्याय अनुमोदन पारित गर्ने निर्णय गरियो ।

निर्णय नं ६ निर्माणधिन जिल्ला समन्वय समितिको बहु उदेश्यीय भवनको निर्माण कार्यमा समन्वय र सहयोग गर्ने निर्णय गरियो ।

निर्णय नं ७ मा छलफल गर्दा सूचना तथा संचार नीति तर्जुमा गरि सूचना विज्ञापन को वैज्ञानिक बाडफाड प्रस्ताव गरि पठाउने निर्णय गराउने ।

निर्णय नं ८ मा छलफल गर्दा सहिद तथा घाइते आपांग बेपत्ता परिवारले पाउनु पर्ने जीवन निर्वाह भत्ता चन्दन नाथ नगरपालिका र तातोपानी गाउँपालिकामा विविध कारणले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निकासा हुन छुट भएकाले यथासिघ्र आवश्यक बजेट निकासा गरि सहयोग गरि दिनु हुन आन्तरिक तथा कानुन मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरियो ।

निर्णय नं ९ मा छलफल गर्दा जुम्ला जिल्लामा उत्पादन हुने स्याउ भाद्र १० गते सम्म टिप्न निर्यात गर्न प्रतिबन्ध लगाउने र सो कार्यका लागि कृषि विकास कार्यालय, स्थानीय तह र सरोकारवाला सबै संघ सस्था सबैले आवस्यक प्रचार प्रसार तथा निर्णय कार्यान्वयनको व्यवस्थापन मिलाउने निर्णय गरियो ।

निर्णय नं १० मा छलफल गर्दा गुठीचौर गाउँपालिका वडा न २ अन्तरगत लाग्ना देखि हाका हुदै धौलीगाड बृहत खानेपानी योजनाको मुहान सम्मको पहुँच सडक निर्माण गरि खानेपानी योजना कार्यान्वयनमा योजनामा सहयोग गरि दिनु हुन् गुठि चौर गाउँपालिका लाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं ११ मा छलफल गर्दा लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरियो, अर्को आदेश नभए सम्मका लागि प्रमुख ज्यु आदेश अनुसार ८ औं सभा समापन गरियो ।

प्रकाशित मिति : २०८२ असार २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस