जुम्ला । बाढी पहिराे र विपद् जन्य घटना निम्तीदै छन् । हिउँदकाे कठ्याग्रिदाे जाडाे र वर्खाकाे बाढी पहिराे लगायतकाे विपद् विपन्न नागरिकलाइ समस्या हुने गरेकाे छ । विपदमा परेका तथा विपन्न नागरिककाे राहतका लागि जुम्लामा कपडा बैंक स्थापना गरिएकाे छ ।
चन्दननाथ नगरपालिका वडा नं.५ का स्थानीय तथा सामाजिक अभियान्ता धनराज सुनार, कृष्ण विक लगायतकाे पहलमा स्थापना गरिएकाे कपडा बैंककाे शनिवार विहान उद्घाटन गरिएकाे छ । चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले कपडा बैंककाे उद्घाटन गरेका हुन् ।
कार्किबाडामा रहेकाे सार्वजनिक शाैचालयकाे तल खाली रहेकाे एक सटरलाई सदुपयाेग गर्दै विपन्न र सडक मानवहरुलाई राहत पुग्ने पवित्र उदेश्यले कपडा बैंक खाेलिएकाे पहलकर्ता कृष्ण विकले जानकारी दिए ।
उनले कपडा बैंकलाई दिगाे प्रभावकारी बनाउन सबैले सहयाेग गर्न अनुराेध गरे । चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले चन्दननाथ-५ का दलित अभियान्ताहरुले अनुकरणीय काम गरेकाे प्रति धन्यबाद दिए ।

कपडा बैंककाे व्यवस्थापन तथा दिगाे संचालनका लागि नगरपालिकाले आबश्यक सहयाेेग गर्ने उल्लेख गरे ।
पहलकर्ता धनराज सुनारले जिल्लामा काेही पनि व्यक्ति कपडा विहिन भएर बस्न नपराेस भन्ने उदेश्यले कपडा बैंक स्थापना भएकाे बताए । उनका अनुसार कपडा बैंक संचालनका लागि पहिलाे चरणमा बलराम नेपाली,मंगल विश्वकर्मा,जी,पी स्टस्नारी,गणेश रोकाया कालीमन सुनार,कृष्ण वि.क अग्री रोकाया,आनन्द अधिकारी , गोमा नगरकोटी, सुवास सु -सेन्टर लगायतले विभिन्न क्षेत्रमा सहयाेग गरेका छन ।
कपडा बैंक को स्थापनाका लागि बलराम सुनार, कृष्ण सुनार, ज्ञानबहादुर सुनार,अभिषेक नेपाली, कलिमन् सुनार,पद्म सुनार, धनराज सुनार लगायतले पहल गरेका थिए । याे पवित्र अभियानमा जाेडिन समेत आह्लान गरिएकाे छ ।



