जुम्ला । जुम्लाकाे गुठिचाैर गाउँपालिका वडा नं ५ स्थित ठुलाेहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् ।
पाटनमा भेडा चराउन गएका सिंजा गाउँपालिका वडा नं ५ घर भएका अन्दाजी ५० वर्षका धन बहादुर रावत चट्याङ लागेर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रमुख डिएसपी रविन बाबू रेग्मीले चट्याङबाट पाटनमा राखिएका झण्डै २ सय भेडा मरेकाे अनुमान गरिएकाे छ ।
पाटनबाट गाेविन्द बुढाले दिएकाे जानकारीअनुसार २ सय भेडा मरेका छन् । ६ जना किसानका २ सय भेडा मरेका हुन् । ६ जना किसानकाे करिब ९ सय भेडा पाटनमा राखिएकाे थियाे ।यदपि एकिन विवरण भने आउन बाँकि छ ।
डिएसपी रेग्मीका अनुसार घटनाकाे विवरण बुझ्ने प्रयास भईरहेकाे छ । त्यस्तै प्रतिनिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले पाटनमा अलपत्र नागरिककाे हवाई सेवा मार्फत उद्वारकाे प्रयास भईरहेकाे बताएका छन् ।
जिल्लामा सिडिओ र गृहमन्त्री संग छलफल भईरहेकाे माैसमले साथ दिए आजै नभए भाेली हेलिकप्टरबाट उद्वार गरिने उनले जानकारी दिए



