कालिका मावि टाेप्लाकाे ३० औं वार्षिक उत्सव सम्पन्न

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ८ स्थित कालिका माध्यमिक विद्यालयकाे ३० औैं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाईएकाे छ ।

साेमबार एक भव्य कार्यक्रममा बीच ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँईकाे प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाईएकाे हाे ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती तथा छात्र तर्फकाे फाईनल भलिवल खेल प्रर्दशन गरिएकाे थियाे । कार्यक्रममा ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँईले पालिकाले सामुदायिक विद्यालय सुधार तथा शैक्षिक गुणस्तरलाई पहिलाे प्रथामिकता दिएर काम गरेकाे बताए ।

हामी आएपछि शिक्षा क्षेत्र सुधारलाई प्रथामिकता दिएका छाै । उनले भने,’विद्यार्थी र शिक्षककाे अनुपातलाई हरेर विद्यालय मर्जकाे तयारी गरिरहेका छाै । पालिकाकाे शैक्षिक अभियानमा सबैकाे साथकाे आबश्यकता छ । विद्यालयाा गरिने राजनीति अन्तय गर्नु पर्छ । कालिका मावि विद्यालाई अघि बढाउन पालिका तयार छ ।’

अध्यक्ष चाैलागाईले अनुमति बिना टाेप्लामा नीजि विद्यालय खाेलेकाे भन्ने सूचना आएकाेले जनताकाे सहमति हाे भने हस्तक्षर ल्याउन उल्लेख गरे ।

त्यस्तै ताताेपानी गाउँपालिका वडा नं ६ का अध्यक्ष विशाल खड्काले विद्यालय सुधारका लागि शिक्षक,अभिभावक र विद्यार्थीकाे त्रिकाेणात्मक सम्बन्ध समधुर हुनु पर्ने बताए । एकल प्रयासले विद्यालय सुधार सम्भव छैन् । उनले भने,’विद्यालयकाे शैक्षिक,प्रशासन तथा भाैतिक अबस्था सुधार गर्न सबैकाे हाताेमालाे हुनुपर्छ । पालिकाले पनि शिक्षामा लगानी गरिरहेकाे छ । सकरात्मक सहयाेगकाे अपेक्षा छ ।’

ताताेपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले विभिन्न आराेह अवराेह पार गर्दै कालिका माविले ३० वर्ष पारेकाेमा शुभकामना दिए । यश विद्यालयँबाट अन्य विद्यालयले अनुसरण गर्ने कुराहरु धेरै रहेकाे बताए । शिक्षा प्रेमी पालिका अध्यक्ष अन्य जनप्रतिनिधि भएकाले शिक्षा क्षेत्रमा काम गर्न सहज भएकाे उनकाे भनाई छ ।

कालिका माविका प्रधानाध्यापक मान बहादुर शाहीले विद्यालयमा हाल ३ सयबढी विद्यार्थी अध्ययनरत रहेकाे भन्दै अझै शैक्षिक अबस्था सुधारमा पालिकाकाे सहयाेग अपेक्षा रहेकाे बताए ।

कार्यक्रममा विव्यस अध्यक्ष मान बहादुर शाही,ताताेपानी-८ का अध्यक्ष नर बहादुर रावत लगायत स्थानीयकाे बाक्लाे सहभागितामा वार्षिक उत्सव सम्पन्न भएकाे छ ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस