चन्दननाथमा ३६ बुँदे कार्यसम्पादन सम्झाैता, सेवा र सुशासनलाई प्रभावकारी बनाउन जाेड

जुम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिकामा कार्य सम्पादन करार सम्झाैता गरिएकाे छ । चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत र प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाबीच ३६ बुँदे कार्यसम्पादन करार सम्झाैता भएकाे हाे ।

चालु आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाकाे सेवा प्रवाह,विकास निर्माण,सुशासनलाई प्रभावकारी बनाउन र वार्षिक विनियाेजित बजेट र नीति कार्यक्रमकाे कार्यान्वयनलाई जनमुखी बनाउन कार्यसम्पादन सम्झाैता गरिएकाे नगर प्रमुख राजुसिंह कठायतले बताए ।

उनले भने,’साउन १ गतेदेखि लागु हुने गरी प्रमुख प्रशासकीय अधिकृत संग कार्यसम्पादन सम्झाैता भएकाे छ । विभिन्न पक्षमा ध्यानमा राख्दै कसरी नगरकाे विकास र समृद्वीमा टेवा पुराउन सकिन्छ भन्ने देयले काम गर्न खाेजिरहेका छाै । कार्यसम्पादन सम्झाैताले कर्मचारी र जनप्रतिनिधिलाई जवाफदेही बनाउन मद्वत पुराउने अपेक्षा छ ।’

प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले जिल्लाकाे एकमात्र चन्दननाथ नगरपालिकाका सेवा प्रवाह,विकास निर्माण र सुशासन प्रर्वद्वनका कामलाई प्रभावकारी कर्मचारी र जनप्रतिनिधिकाे दाेहाेराे समन्वय सहकार्य आबश्यक रहेकाे बताए ।

सुशासन व्यवस्थापन तथा संचालन ऐन २०६४ तथा नियमावली, २०६५ निजामति सेवा ऐन, २०४९ तथा नियमावली, २०५० स्थानिय सरकार संचालन ऐन, २०७४ साथै नेपाल सरकारद्वारा समय समयमा जारी निर्देशन एवं परिपत्रमा उल्लेखित प्रावधान बमोजिमको कार्य सम्पादन गरिएकाे छ ।

प्रमुख प्रशासकीय अधिकृत भन्छन्,’चालु आर्थिक वर्ष २०८२/०८३ का विनियाेजित बजेट र नीतिकाे कार्यान्वयनमा समेत याे करार सम्झाैताले सहयाेग पुराउने छ । सुशासन तर्फ नियमित समिक्षा,हरेक चाैमासिकमा सार्वजनिक सुनुवाई, तथ्यांक अध्यावधिक,शाखाका कर्मचारीकाे क्षामता बृद्वि र विनियाेजित कार्यक्रमकाे अपेक्षाकृत परिणाम हासिल गर्न सहज हुन्छ । सम्झाैताले कर्मचारी र जनप्रतिनिधिलाई जिम्मेवारीमा बाध्य तथा उत्तरदायि बनाउने छ ।’

जिल्लाका आठ स्थानीय तहमध्य ताताेपानी गाउँपालिका र चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकामा कार्यसम्पादन सम्झाैता गर्ने गरिएकाे छैन् ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस