भारतको उत्तराखण्ड धरालीमा भयानक बाढी, ४ जनाको मृत्यु, कैयौं बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा बाढी आएको छ ।

खीरगंगा नदीको माथिल्लो क्षेत्रमा बादल फाट्दा आएको भयानक बाढीले धराली गाउँमा ठूलो विनाश निम्त्याएको छ।

बाढीमा परेर कम्तीमा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको छ।

उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त अर्याले धाराली गाउँमा आएको बाढीका कारण चार जनाको मृत्यु भएको पुष्टि गरेको टाइम अफ इन्डियाले बताएको छ ।

उक्त क्षेत्रको खोज र उद्धार कार्यका लागि सेना, राष्ट्रिय विपद् प्रतिक्रिया बल, र राज्य विपद् प्रतिक्रिया बलका टोलीहरू खटाइएको उनले जानकारी दिए।

अर्याका अनुसार उक्त प्रभावित क्षेत्रमा थुप्रै साना गेस्ट हाउस, होटल र रेस्टुरेन्टहरू रहेका छन्।

भारतका गृहमन्त्री अमित शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग घटनाको सम्बन्धमा कुराकानी गर्दै धराली क्षेत्रमा क्लाउडबर्स्टका कारण भएको व्यापक क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस