ताताेपानीमा नागरिक समाजकाे अनुभव आदान प्रदान, बालबालिका केन्द्रित गतिविधि प्रभावकारी

जुम्ला । ताताेपानी गाउँपालिका स्तरीय नागरिक समाजकाे अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्राे परियाेजनाले बालबालिका क्षेत्रमा गरेका कामकाे समीक्षा गर्दै बालबालिका क्षेत्रमा आगामी दिनमा गर्न सकिने कामका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सहयात्रा तेस्राे परियाेजनाका संयाेजक प्रकाश शाहीले ताताेपानीमा परियाेजना मार्फत बालबालिकाका क्षेत्रमा गरेका काम,उपलब्धी,चुनाैती तथा सिकाई बारे जानकारी गराए ।

हाल सम्मका प्राप्त उपलब्धीहरुलाई छापामय वाताबरणमा प्रस्तुती गरिएकाे थियाे । पञ्चेश्वरकाे सभाहलकाे भित्तालाइ छापामय बनाएर प्रगती,समस्या,चुनाैतीका विषयलाइ आर्कषण रुपमा प्रस्तुत गरिएकाे थियाे ।

ताताेपानी गाउँपालिकाकाे समन्वय र परियाेजनाकाे सहयाेगमा जिल्लाकै पहिलाे नमुना कार्यका रुपमा तीन गाउँमा घरमै शिक्षक राखी पढाउने व्यवस्था गरिएकाे छ । जसमा नियापानी,श्रीनगर र भेरीखाेलाकाे बारागाउँमा एक जना विद्यार्थीका लागि एक शिक्षक व्यवस्था गरी पठन पाठन अघि बढाईएकाे छ ।

भने जाेखिममा परेका बालबालिकाकाे राहत पुर्नस्थापना,विद्यालय बाहिर रहेकालाई विद्यालय पहुँचमा पुराउन सहजीकरण गर्ने,बालबालिकाकाे क्षामता तथा व्यक्तित्व विकास,शसक्तिकरण लगायतका क्षेत्रमा सहयात्रा तेस्राे परियाेजनाले गरेका काम नमुना रहेकाे सहभागीले बताएका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले परियाेजनाका गतिविधिलाई प्रभावकारी बनाउन समन्व सहर्कायलाई थप समधुर बनाउनु पर्ने बताए । बालबालिकाकाे क्षेत्रका परियाेजना मात्र नभई समग्र पालिकालाइ जवाफदेहि बनाउनु पर्ने उल्लेख गरे ।

ताताेपानी गाउँपालिका स्तरीय नागरिक समाजका अध्यक्ष प्रेम अधिकारीले ताताेपानीकाे विकास,सेवा प्रवाह लगायत सबै पक्षलाई बालमैत्री बनाउन दबाब दिनु पर्ने उल्लेख गरे । मिटिङमा गरिएका निर्णय कार्यान्वयनमन जाेड दिन उनकाे सुझाव छ । कार्यक्रममा २२ जना बढी सराेकारवालाकाे सहभगिता रहेकाे छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस