भारतको उत्तराखण्ड भिषण पहिराे: जाजरकाेट र जुम्लाका गरी ७ जनाकाे मृत्यू

जुम्ला । भारतकाे उत्तराखण्ड स्थित धराली गाउँमा गएकाे भिषण पहिराेमा परेर जुम्ला र जाजरकाेटका गरि ७ जनाकाे मृत्यु भएकाे छ ।

साउन २० गते उत्तराखण्डकाे धरालीमा आएकाे भिषण बाढी पहिराेमा परी जाजरकाेटका ६ जना र जुम्लाका एक जना गरि सात जनाकाे मृत्यु भएकाे हाे ।

जाजरकाेट कुसे गाउँपालिका-२, टालेगाउँका कर्ण बहादुर सिंह,राम बहादुर सिंह, नीम बहादुर सिंह,रबिन सिंह, महान बहादुर सिंह,एक जना अज्ञात (नाम नखुलेकाे) र जुम्लाका जनक बहादुर शाहीकाे मृत्यु भएकाे हाे । जुम्लाका जनक शाहिकाे ठेगाना भने खुलेकाे छैन् ।

जुम्लाका एक सहित जाजरकाेटका ६ जना गरि सात जनाकाे बाढी पहिराेम परी मृत्यु भएकाे जाजरकोटको कुसे गाउँपालिका अध्यक्ष हरिश्चन्द्र बस्नेतले पृष्टि गरेका हुन्।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस