जुम्ला । ताताेपानी गाउँपालिका वडा नं २ बाबिरा गाउँमा बाल कचहरी सम्पन्न भएकाे छ । सामाजिक विकृतीका रुपमा रहेकाे बालविवाह न्युनिकरणका लागि बाबिरामा सोमबार विहान बाल कचहरी कार्यक्रम सम्पन्न भएकाे छ।
अभिभावककाे चेतना अभाव,प्रविधिकाे दुरुपयाेग,देखासिकी,परम्परागत साेच,गरिबी लगायतका कारणले बालविवाह हुने गरेकाे छ । विगतकाे तुलनामा बालविवाह घट्दाे क्रममा रहेपनि सरकारी तथा गैरसरकारी क्षेत्रमा गरेकाे लगानीनुसार अपेक्षाकृत रुपमा न्युनिकरण हुन सकेकाे छैन् ।
सामाजिक विकृतीका रुपमा रहेकाे बाल विवाह न्युनिकरण गरि सभ्य समाज निर्माणका लागि ताताेपानीमा बालविवाह न्युनिबरणकाे अभियान चलेकाे छ ।
ताताेपानी गाउँपालिकाकाे समन्वयमा किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्राे परियाेजना मार्फत गाउँ गाउँमा बालविवाह न्युनिकरणकाे अभियान थालिएकाे हाे ।
साेहि अभियान अन्तर्गत साेमबार ताताेपानी-२ बाबिरामा बालविवाह न्युनिकरणका लागि बाल कचहरी कार्यक्रम संचालन गरिएकाे छ ।
कार्यक्रममा धनलक्ष्मी खत्री,हिरा बुढा,विनिता चनारा,महेश रावत,जयन्ती बुढा,रुपसिला बुढा लगायतका बालबालिकाले वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई प्रश्न राखेका थिए । भने केही अभिभावकले पनि प्रश्न गरेका गरेका ।
ती प्रश्नहरुकाे जवाफदेहि वक्ताहरुले संबाेधन गरेका थिए । तथ्यांकनुसार ताताेपानी गाउँपालिका वडा नं २ मा ४१.६७ प्रतिशत बालविवाह हुने गरेकाे छ ।
समाजमा विद्यमान बालविवाह न्युनिकरणका लागि ताताेपानी गाउँपालिकामा किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्राे परियाेजनाले बालविवाह न्युनिकरणका लागि विभिन्न गतिविधि गरिरहेकाे सहयात्रा तेस्राे परियाेजनाका संयाेजक प्रकाश शाहीले बताए ।
वडामा बालक्लब,जनप्रतिनिधि तथा अभिभावक संग समन्वय गरि बाल विवाह विरुद्वका विभिन्न अभियान समेत चलाईएकाे उनकाे भनाई छ ।
सोमबार विहान बाबिरामा आयाेजित बाल कचहरीमा ताताेपानी गाउँपालिका वडा नं २ का अध्यक्ष चन्द्रमान बुढाले बालविवाह न्युनिकरणका सबैकाे समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए । प्रतिबद्वता हरु अक्षरस पालना गर्न सबै सचेत हुनु पर्नेमा जाेड दिए ।
वडा वा कुनै संस्थाकाे एक प्रयासले बालविवाह न्युनिकरण असम्भव रहेकाेले हाताेमालाे जरुरी रहेकाे उनकाे भनाई छ ।
त्यहाका अभिभावक ले भने बालविवाह न्युनिकरणका लागि सबै भन्दा अभिभावक बढी सचेत हुनु पर्ने महिला शाखा प्रमुख शान्ति सेजुवालले बताईन् ।
आफ्ना छाेराछाेरीकाे बानी व्यहाेरा नियाल्ने,सम्झाई बुझाई गर्ने विषयमा कति बेला कहाँ गयो के गरिराछ स्कुल कतिबेला गयो कति बेला आउछ भनेर अभिभावक को महत्व पुर्ण भुमिका खेल्नु पर्ने ताताेपानी स्वास्थ्य चाैकी प्रमुख जंग रावलकाे भनाई । बालविवाहले प्रजनन स्वास्थ्यमा असर पर्ने उल्लेख गरे ।
नेकपा एमालेका उपसचिव धन बहादुर बुढाले बालविवाह न्युनिकरणका लागि दलहरुकाे पनि साझा एकेबद्वता रहेकाे बताए ।
बाल बिवाह न्युनीकरणका लागि हाम्रा प्रतिवद्धताहरु
तातोपानी गाउँपालिका वडा नं २ बाबिरा जुम्ला
बालविवाह होइन – शिक्षा, सम्मान र अवसरमा लगानी गरौं।
२०८२ भद्रौ २ गते
१) हाम्रो मान्ने देविदेवतालाई साचि राखी अव देखी हामी बालविवाह गर्ने र गराउने छैनौ ।
२) बाल विवाहको जन्ती/भोज भतेरजस्ता कार्यहरुमा हामी कोही पनि सहभागी हुने छौनौ ।
३) घर, बिद्यालय र वडामा वालविवाह न्युनीकरणका लागि लगानी वढाउने छौ । बालबालिकाको विवाह होईन शिक्षामा लगानी गर्नेछौ ।
४) हाम्रा बालबालिकालाई घर, विद्यालय, समुदाय र समाजमा कुनै पनि प्रकारको हिंसा गर्ने छैनौ।
५)२० वर्ष उमेर नपुगी विवाह गर्न खोज्नेको लगन माग्ने वा लगन दिने काम गर्ने छैनौं ।
६) बालबालिकाको बिचार र भावनाको कदर गर्न र कुरा सुन्नका लागि हामी घर घरमा पारिवारीक बैठक वस्ने परिपाटीको बिकास गर्नेछौ ।
७) घर, समुदाय र छरछिमेकीमा हुने बिभिन्न सार्वजनिक समारोह, जात्रा,रतौली,पैठहरुमा बालविवाहका नकरात्मक असरका वारेमा छलफलको बिषय बताउने छौ ।
८) बालविवाह गर्ने र गराउनेहरुलाई कानुनी प्रक्रिया अगाडी बढाउने छौ ।
९) बाल बिबाह भएको बेला नजिकको प्रहरी चौकी र नेपाल प्रहरी १०० मा कल गर्नेछौ ।



