जुम्लामा पहिलाे दीर्घकालीन आश्रय सहितको बालबालिका सेवा केन्द्र स्थापना

जुम्ला । जुम्लामा दीर्घकालीन आश्रय सहितको बालबालिका सेवा केन्द्र स्थापना भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका वडा न.६ मा उक्त सेवा केन्द्र स्थापना भएको हो। आज एक समारोहका बिच सेवा केन्द्रको स्थापना गरिएको छ।

जुम्लामा हालसम्म टुहुरा अनाथ तथा अति बिपन्न बालबालिकाहरुको लागि ब्यबस्थित दीर्घकालीन आश्रय केन्द्र नभएको हुदा त्यस्ता बालबालिकालाई संरक्षण , रेखदेख र ब्यबस्थापन गर्ने हेतुले सो केन्द्रको स्थापना गरिएको केन्द्रका अध्यक्ष राजेश्वर न्यौपानेले बताए । केन्द्रलाई दीर्घकालीन बनाउन सरोकारवालालाई सहयोग गरिदिन अध्यक्ष न्यौपानेले अपिल गरेका छन् ।

सेवा केन्द्रका सचिव उपेन्द्र धितालले अभिभावक विहिन बालबालिकाकाे दिर्घकालिन व्यवस्थापनका लागि सेवा केन्द्रले काम गर्ने बताए । जिल्लामा अल्कालिन आश्रय लिने ठाउँ धेरै छन् ।

उनले भने,’दिर्घकालिन आश्रय स्थल याे पहिलाे हाे । जसले अनाथ,असहाय,बेसाहारा बालबालिकाकाे अभिभाकत्वग्रहण गर्ने पवित्र साेच राखेकाे छ । आम सराेकारवालाकाे सकरात्मक सहयाेगले दिगाे संचालनमा टेवा पुग्ने विश्वास छ ।’

जुम्लामा स्थापना गरिएकाे पहिलाे दिर्घकालिन आश्रय सहितकाे बालबालिका सेवा केन्द्रकाे बुधबार उद्घाटन गरिएकाे छ । जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले सेवा केन्द्रकाे उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि आचार्यले पुण्य कामको सुरुवात गरि बालबालिकाको सेवा गर्न खोज्ने केन्द्रको कार्यसमितिलाई धन्यवाद सहित समन्यात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

बिशेष अतिथि हिमा गाउँपालिकाका उपाध्यक्ष सुपर्ना शाहिले सामाजिक कामको प्रसंशा गर्दै पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन।

जुम्लामा पहिलो पटक स्थापना गरिएको सो केन्द्रको दीर्घकालीन संचालनको लागि सबै सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस