तोडफोडपछि चन्दननाथमा केके भयो क्षति ? यस्तो छ विवरण (भिडियो सहित)

जुम्ला । जेन्–जी यूवा समुहले गत भदौ २४ गते चन्दननाथ नगरपालिकामा तोडफोड तथा आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । जेनजी समुहले केही बाईकमा आगजनी सहित दर्जन सवारी साधन तोडफोड तथा कार्यालयनै क्षतविक्षत बनाएपनि कार्यालयका सेवा प्रवाह ठप्प भएको हो ।

शुक्रबार क्षतिको मुचुल्का उठाईसकेपछि शनिवार सरसफाई गरिएको छ । मुचुल्कामा कुन कुन सामानमा क्षति भयो भन्ने विवरण संकलन गरेपनि कति मुल्य बराबरको नोक्सानी भएको भन्ने खुलेको छैन् ।

प्रहरीले गरेको मुचुल्का अनुसार तोडफोड र आगजनीपछि भएको क्षतिको विवरण कर्णाली मिसनलाई प्राप्त भएको छ । प्राप्त विवरण अनुसार दमकल एउटा, एम्बुलेन्स एउटा, शज बाहन एउटा, डोजर एउटा, महिन्द्रा जीप एउटा, हाईलक्स कार एउटा, स्कारपिओ एउटा तोडफोड भएको छ ।

त्यस्तै, ११ वटा मोटरसाईलमा क्षति भएको छ । जसमा ५ वटा मोटरसाईकल तोडफोड र स्कुटर सहित ५ वटा मोटर साईकलमा आगजनी भएको मुचुल्कामा उल्लेख छ । त्यसैगरी डेस्टप कम्प्यूटर दुई थान, एलसीडी दुई थान, एकिकृत सेवा प्रणालीको टोकन मेसिन एक, डिजिटल नागरिक वडापत्र एक, डिजिटल बोर्डको स्पीकार दुई थान तोडफोड भएको छ ।

साथै, प्रिन्टर एक थान, वाटर डिस्पेन्चर २ वटा, ६६ वटा झ्यालको सिसा, एकिकृत सेवा प्रवाहको कार्यकक्ष, फर्निचर तर्फ कुर्ची, २० वटा, सोफा सिट ७ पिस, टेबुल ३ वटा, नगर प्रहरीको लौरी ५ थान लगायतका कार्यालयका सम्पुर्ण सामाग्री तोडफोड गरेर नष्ट भएको छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले अहिले सामाग्री के कति क्षति भयो भन्ने विवरण निकालिएको बताए । उनका अनुसार कति रकम बराबरको क्षति भयो भन्ने विवरण आउन समय लाग्ने छ । कार्यालय सरसफाई पछि तोडफोड गरैकै कार्यालयबाट सेवा प्रवाह गर्ने चन्दननाथको तयारी छ ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस