स्वास्थ्य सेवा कार्यसम्पादनमा चन्दननाथ प्रथम

जुम्ला – यहाँका ८ स्थानीय तहमध्ये स्वास्थ्य कार्यसम्पादन तथा व्यवस्थापनमा चन्दननाथ नगरपालिका जुम्ला प्रथम भएको छ । चन्दननाथ नगरपालिकाले स्वास्थ्य कार्यसम्पादन तथा व्यवस्थापनमा ८३ अंक प्राप्त गरी प्रथम भएको हो ।


आर्थिक वर्ष ०८१÷८२ मा स्वास्थ्य सेवा प्रवाह, कार्यसम्पादन र व्यवस्थापनमा चन्दननाथ नगरपालिका जिल्लाकै प्रथम स्थान हासिल गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनले ८३ अंक प्राप्त गरी प्रथम भएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र महतलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।


यस्तै स्वास्थ्य सेवा प्रवाह, कार्यसम्पादन र व्यवस्थापनमा सिंजा गाउँपालिका ८१.६ अंक प्राप्त गरेको छ । तातोपानी गाउँपालिकाले ७७ अंक प्राप्त गरेको छ । कनकासुन्दरीले ७६.६ अंक, हिमाले ६८.६ अंक, तिला गाउँपालिकाले ६३.६ अंक र गुठीचौरले ५८.६ अंक प्राप्त गरेको छ ।

स्वास्थ्य सेवा प्रवाह, कार्यसम्पादन र व्यवस्थापनमा सवै भन्दा कम ५३.२ अंक पातारासी गाउँपालिकाले प्राप्त गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस