जुम्लामा दशैँ तिहार लक्षित सहुलियत मुल्य पसल संचालन

जुम्ला । नेपालीहरुको महान चाड दशैँ तिहार नजिकीन थालेपछि जुम्लामा सहुलियत मुल्य पसल संचालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाले सोमबार देखी सहुलियत मुल्य पसल संचालन गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खाद्य ब्यवस्था समितीका समेत अध्यक्ष गौरीनद्य आर्चायद्धारा सोमबार सहुलियत मुल्य पसल उद्घाटन गरिएको छ । सहुलियत मुल्य पसलमा चीनि सहित ६ प्ररकारका चामल विक्री गरिने छ ।

प्रति केजीमा ५ रुपैयाँ छुट दिएर विक्री गरिने छ । सोमबार देखी सुरु भएको सहुलियत मुल्य पसल आगामी कार्तिक १० गते सम्म संचालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा प्रमुख मनोज जोशीले बताए ।

उनका अनुसार सहुलियत मुल्य पसलका लागि कूल ११ सय क्वीईन्टल चामल र २ सय क्वीईन्टल चीनि छुटाइएको छ । जसमा अरुवा मोटा चामल प्रति बोरा २५ किलोको १४ सय २५, एफआर अरुवा मोटा १४ सय २५, अरुवा मध्यम चामल १५ सय, एफआर अरुवा सोना मन्सुली १५ सय, स्टिम जिरा मसिनो चामल २१ सय २५ र एफआर स्टिम जिरा मसिनो चामल २१ सय २५ रुपैयाँमा विक्री हुने उल्लेख गरिएको छ ।

सबै चामल २५ किलोको हुने र प्रतिकेजी ५ रुपैयाँ छुट दिएर विक्री हुने शाखा प्रमख जोशीको भनाई छ । सहुलियत मुल्य पसलबाट उपभोक्ताले प्रति बोरामा एक सय २५ रुपैयाँ छुट पाउने छ । भने चीनि प्रति केजी एक सय रुपैयाँमा विक्री गरिने छ ।

बजारको सामान्य चामल पनि २ हजार २५ सय पर्ने अबस्थामा विपन्न नागरिकलाई मार पर्ने र त्यही रुपैयाँले सहुलियत मुल्य पसलबाट चामल लिँदा राहत हुने अपेक्षा गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले हरेक वर्ष जस्तै जुम्लामा चाडपर्व लक्षित सहुलियत मुल्य पसल संचालन भएकालेमा सबै नागरिकलाई सेवा लिन अनुरोध गरे । बजारको भन्दा चिनी र चामल निकै सस्तो पाईने भएकाले विपन्न नागरिकलाई राहत पुग्ने उनको भनाई छ ।

सोमबार पहिलो दिन त्यति भिड नरहेको र दोस्रो दिनबाट सहुलियत मुल्यको चामल लिन नागरिकको अत्यधिक भिड लाग्ने अनुमान गरिएको छ । गत वर्ष एकै दिन डेढ सय क्वीईन्टल सम्म सहुलिय मुल्यको चामल विक्री भएको थियो ।

साथै चालु आर्थिक वर्षका लागि जुम्लामा कूल ६ हजार क्वीईन्टल चामल स्वीकृती भएको छ । आबश्यकता अनुसार चामल ढुवानी भईरहेको खाद्य संस्थानले जनाएको छ । हाल खाद्य संस्थानको गोदामा कूल मौज्दात २२ सय क्वीईन्टल चामल मौज्दात रहेको छ । त्यसमध्ये ५७.५० क्वीईन्टल चामल कारागार, ११ सय क्वीईन्टल सहुलियत मुल्य पसल, चार हजार क्वीईन्टल कारागारका लागि छुटाइएको छ । सहुलियत मुल्य पसल आगमी कार्तिक १० गते सम्म संचालन हुने छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस