जुम्ला । तातोपानी गाउँपालिका वडा नं. २ स्थित हिम शिखर माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन किर्डाक नेपाल सहयात्रा तेस्रो परियोजनाको आर्थिक सहयोग हिमशिखर माविको बाल क्लवको आयोजनामा मावि स्तरिय चित्रकला कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा कालिका मावि टोप्लाका बिकास शाहि र दुर्गा मावि लाम्राका देवराज कामी प्रथम, नेत्रज्योति माविका कृति कामी दोस्रो गणेश माविका भिम प्रसाद कठायत र हिमशिखर मावि यमुना बुढा सान्तोवना भएका छन् । प्रतियो विद्यार्थी सहभागि थिए ।
बालबालिका हरुलाई जलवायु परिवर्तनले पारेको प्रभाव बारे ज्ञान सीप प्रदान गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको किर्डाक नेपालका परियोजना संयोजक दिपेश आचार्यले बताए । हिमशिखर मावि का प्रधानाध्यापक धन बहादुर रोकायाको अध्यक्षता तथा तातोपानी गाउँपालिक निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार समेत प्रदान गरिएको छ । बालबालिको चौतर्फी विकासका निम्ती सहयात्रा परियोजना मार्फत तातोपानीका २९ वटै विद्यालयमा विभिन्न गतिविधि संचालन भईरहेको किर्डाक नेपालका बाल अधिकार शासन तथा बाल संरक्षण परियोजना सयोजक प्रकाश बहादुर शाही जानकारि दिनु दिए ।



