तिलामा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

जुम्ला । तिला गाउँपालिका–३ कुडारीमा शुक्रबार बेमौसमी तरकारी खेती सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ। तिला गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा प्रविधिकहरूको समन्वयमा वडा नं. ३ र ७ का किसानहरूको उत्साहजनक सहभागितामा तालिम सम्पन्न भएको हो |

तालिममा सहभागि किसानलाई बेमौसमी तरकारी उत्पादनका आधुनिक विधि, ग्रिनहाउसको निर्माण तथा व्यवस्थापन, बीउ छर्नेदेखि रोग कीरा नियन्त्रणसम्मका व्यावहारिक सीपहरू प्रदान गरिएको तिल गाउँपालिका कृषि विकास शाखा प्रमुख राजेश विश्वकर्माले बताए ।

तालिमको क्रममा किसानहरूलाई खेतबारीमै लगेर ग्रिनहाउस निर्माणको प्रत्यक्ष अनुगमन गराइएको थियो। सहभागी किसानहरूले प्लास्टिक टनेल, सिँचाइ प्रणाली, माटो व्यवस्थापन तथा मल–किटनाशकको उचित प्रयोगबारे विस्तृत जानकारी पाएको बताएका छन् ।

साथै तालिममा सहभागि २० जना किसानलाई ग्रिनहाउस, सागसब्जीका बीउ, विभिन्न मौसमी तथा बेमौसमी तरकारीका बीउलगायतका कृषि सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख विश्वकर्माले उल्लेख गरे ।

तिलाले किसानलाई आत्मनिर्भर तथा व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउन आगामी दिनमा पनि यस्ता तालिम निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ ।

बेमौसमी तरकारी उत्पादनले पोषण स्थितीमा सुधार संगै आयस्तर पनि बृद्वि हुने अपेक्षा गरिको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस