कर्णाली प्रतिष्ठानद्वारा लेकबेसीमा स्वास्थ्य प्रणाली प्रस्तुतिकरण कार्यक्रम सम्पन्न 

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला द्वारा सुर्खेतको लेकबेसी नगरपालिकामा स्वास्थ्य प्रणाली प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ  । प्रतिष्ठान जनस्वास्थ्य संकाय स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धि सिकाइको प्रयोगात्मक कार्यक्रमका संयोजक दिलिप कुमार रावतको अध्यक्षातामा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम को उदेश्य सहित संक्षिप्त  जनकारी बिकाश महतोले दिएका थिए । स्थानीयतहको स्वास्थ्य प्रणाली सुर्धार गर्न प्रस्तुतीकरण कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

प्रस्तुतिकरण कार्यक्रममा लेकबेसी नगरपालिकाको नगर स्वास्थ्य प्रणालीले स्थानीय जनताको स्वास्थ्य प्रवर्द्धन, संरक्षण तथा उपचार सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताईएको छ। भने, नगरपालिकामा स्पष्ट संगठनात्मक संरचना, कार्यरत स्वास्थ्य संस्था तथा खोप, सुरक्षित मातृत्व, पोषण, क्षयरोग, असंक्रामक रोग लगायतका प्रमुख स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन भइरहेको देखिन्छ।

महिला सवास्थय स्वम्सेबिका (FCHV), आधारभूत अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा पहुँच विस्तार क्लिनिकहरूको उपलब्धताले समुदाय तहसम्म स्वास्थ्य सेवाको पहुँच र आवरण सुधार भएको छ। समग्र रूपमा, नगर स्वास्थ्य प्रणाली व्यवस्थापनले विकेन्द्रीकृत, जनमुखी र समावेशी स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा सकारात्मक प्रगति गरेको पाइन्छ।

यद्यपि, मानव स्रोतको पर्याप्तता, पूर्वाधार सुधार, औषधि तथा उपकरणको व्यवस्थापन, स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण तथा रोकथाममुखी कार्यक्रमको विस्तारमा थप प्रयास आवश्यक देखिन्छ।

दीगो र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न समुदायको सक्रिय सहभागिता, अन्तरक्षेत्रीय समन्वय र प्रमाणमा आधारित योजना तथा कार्यान्वयनलाई अझ सुदृढ बनाउनु जरुरी रहेको छ ।

कार्यक्रममा लेकबेसीका जनप्रतिनिधि, पालिका को साखा संयोजक, साखाको कर्मचारीहरु, सवास्थय चौकी, आधारभूत सवास्थय चौकी, सामुदाइक स्वास्थ्य केन्द्र का प्रमुख तथा स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको थियो ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनस्वास्थ्य संकाय स्थानीय स्वास्थ्य प्रणाली व्यवस्थापन ग्रुप A  मा रहेको सदस्यहरु, रोशन ताम्राकार ,बिकाश महतो ,लोकमणि बोहोरा ,आनन्द कुमार सिंह ,बैभव ठाकुर ,दिपेन्द्र चौधरी र दिलिप रावत सहभागि थिए । 

प्रकाशित मिति : २०८२ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस