जुम्ला । तातोपानी गाउँपालिका वडा नं ४ को कार्यालयले आफ्नो वडा भित्रका लक्षित वर्गलाई न्यायो सामाग्री वितरण गरेको छ । चालु आवमा विनियोजित लक्षित वर्ग कार्यक्रम अन्तरर्गत वडाका १४० जना जेष्ठनागरिक, अपांगता भएका व्यक्तिलाई न्यानो सामाग्री वितरण गरिएको हो ।
५ औ राष्टि्य जेष्ठ नागरिक दिवसका अबसमा न्यायो सामाग्री वितरण गरिएको वडा नं ४ का अध्यक्ष अम्मर बहादुर रोकायाले बताए ।
उनका अनुसार चालु आ.ब.०८२/०८३ मा लक्षित वर्ग कार्यक्रम शिर्षकमा बिनियोजित रकम ४ लाखबाट वडा भित्रका ७० बर्ष माथि उमेरका १०४ जना जेष्ठनागरिकहरु, १२ जना अति अपाङ, ८ जना अपाङ र १६ जना अतिबिपन्न परिवारका एकल महिलाहरु समेत जम्मा १४० जनालाई न्यानो सामाग्री वितरण गरिने छ।
जसमा जेष्ठनागरिक,अपाङ र एकल महिलालाई जनहि (ईलोक्टोनिक जग/कितली १, थर्मश १, ईलोक्टोनिक हट व्याग १ र पन्जा १ जोडा) समेतको न्यानो प्याकेज सामग्रीहरु दिईने छ ।

शुक्रबार जेष्ठनागरिक दिवसका अबसरमा १२ जनालाई वितरण गरिएको छ । शनिवार वडा नं ४ का सबै बस्तीका लाभग्राहीलाई वितरण गरिने छ ।
बिविध कारण गाउ बाहिर जानु भएका लक्षित लाभग्राहीहरुका नजिकका हकवाला मार्फत सम्बन्धीत लाभग्राहीले पाउने गरि उपलव्ध गराईने छ
जसमा पुष १२ गते हाकुगाउ,पुष १३ गते नियापानी,पुष १४ गते गिडिखोला, पर्थेनी र पाण्डेवाडा र पुष १५ गते जैतपुर र गौतमवाडाका लक्षित वर्गलाई वितरणहुने छ ।



