जुम्ला । राष्टि्य स्वतन्त्र पार्टी जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बिनिता कठायतले राप्रपाका उम्मेद्वार ज्ञानेन्द्र बहादुर शाहीले हलो र घण्टी एउटै हो भनेर दुष्प्रचार गरेको बताईन् । गाउँ गाउँमा गएर राप्रपाका शाही प्रत्यक्ष तर्फ हलोमा र समानुपातिक तर्फ घण्टीमा भनेर गलत प्रचार गरेको प्रति आपत्ती जनाईन् ।
बुधवार विहान रास्वपा जुम्लाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेद्वार कठायतले ज्ञानेन्द्र शाही गलत सूचना प्रवाह गरेर जनतालाई भ्रम छरेको उल्लेख गरिन् ।
´प्रत्यक्ष हलोमा र समानुपातिक तर्फ घण्टीमा भनेर गलत सूचना फैलाईएको छ` उनले भनिन,´ज्ञानेन्द्र शाहीले झुटको सिमा नाघे । हामी काठ्मान्डौ बाट आएदेखि निरन्तर चुनावि मैैदानमा छौ । तर ज्ञानेन्द्र बालेनलाई जुम्ला आउन बाट आफुले रोकेको भनेेर भनिएको छ । जुन कुरा शत प्रतिशत गलत छ । गाउँमा गएर हलो र घण्टी एउटै हौ भनेर गलत प्रचार हामी गम्भीर आपत्ती छ।`
साथै ज्ञानेन्द्रले रास्वपाबाट टिकट दिनुहोस्, सुर्खेतबाट लड्छु भन्ने मान्छेले अहिले गलत प्रचार गरिरहेका छन् । ज्ञानेन्द्र शाहीलाई मतदाता सामु गएर माफि माग्न समेत उनले चेतावनी दिएकी छन् ।
आफ्ना ठोस एजेण्डा नभएपछि जनतालाई भ्रममा पार्न घण्टी र हलो एउटै हो भनेर गलत प्रचार गर्ने ? फागुन पहिलो हप्तामै बालेन रवि जुम्ला आएर सत्य कुरा बताएपछि त्यसपछि ज्ञानेन्द्रको अबस्था के हुन्छ ? भन्दै आक्रोस् पोखिन् ।
उनले भनिन,´रास्वपाले संविधान मान्छ । तर अन्त्य भईसकेको राजतन्त्र मान्ने ज्ञानेन्द्र बहादुर शाही संग कुनै पनि गठबन्धन हुदैन् । यस विषयमा कुनै सत्यता छैन् ।`



