एमाले जुम्लाको चुनावी बाचापत्र सार्वजनिक: सडक, अस्पताल निर्माण,२० मेगावाट विधुत उत्पादनदेखि प्रत्यक पालिकामा संकलन केन्द्रसम्म[पूर्णपाठ]

जुम्ला ।  नेकपा एमाले जुम्लाको स्थानीय चुनावी बाचापत्र सार्वजनिक गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा एमालेले चुनावी बाचा पत्र घोषणा गरेको हो ।

विहिबार पत्रकार सम्मेलन गरी जुम्लाका १० वटा उम्मेदवार मध्य पहिलो दलका रुपमा एमालले चुनावी बाचा पत्र सार्वजनिक गरेको छ । जुम्लाको सडक, पूर्वाधार विकास, कृषि उत्पादन बृद्वि,पर्यटन प्रर्बद्वन देखि सिंजामा स्याटलाईट अस्पताल, तथा २० मेगावाट विधुत उत्पादनलाई प्रथामिकता दिईएको छ ।

मुख्य राजमार्गमा जोडिएका आठै पालिकाका ग्रामिण सडकलाई स्तरोन्नती गरी कालोपत्रे गरिने, कर्णाली राजमार्गलाई दुईलेनको निर्माण गरी भरपर्दो बनाईने, पातारासी डोल्पो,नाक्चेलाग्ना सडक निर्माण सम्पन्न गरिने, जुम्ला, डोल्पा मनाङ मुस्ताङ सडकलाई सम्पन्न गरिने, छिन्चु,जाजरको-ईमिच्छा-टोप्ला जुम्ला सडकलाई सम्पन्न गरिने लगायतका सडक पूर्वाधारलाई प्रथामिकता दिईएको छ ।

कृषि क्षेत्र तर्फ उत्पादन बृद्वि, बजारीकरण, एक पालिका एक संकलन केन्द्र लगायत पक्षलाई जोड दिईएको छ । भने सिजा क्षेत्रमा स्याटेलाईट अस्पताल निर्माणलाई प्रथामिकतामा राखिएको छ ।

त्यसैगरी विधुत विकास तर्फ ´जुम्लाको पानी,राज्यको लगानी` भन्ने नाराका साथ गिडिदह क्षेत्रबाट बग्ने जलाधार।क्षेत्रबाट झण्डै २० मेगावाट विधुत उत्पादन गरिने उल्लेख गरिएको छ । 

नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले धेरै महोत्वकाँक्षी योजना भन्दा कार्यान्वयन हुने र स्रोत साधनले  भ्याउने योजनालाई प्रथामिकता दिईएको बताए । उनका अनुसार जुम्लाको विकास  र समृद्वीका लागि स्वास्थ्य र शिक्षामा सुधार, रोजगारी सृजना पर्यटन प्रर्बद्वनमा जोड दिईने छ ।

जुम्लाको जल,जमिन,जडिबुटि,जंगलको प्रर्वद्वन गरी आयआर्जन बृद्विमा समेत जोड दिईने उल्लेख छ । 

यस्तो छ बाचा पत्रको पूर्णपाठ

स्थानीय बाचा-पत्र

आदरणिय जुम्लाबासी आमाबुबा, दाजुभाई, दिदिबहिनि तथा आम मतदाता ज्यूहरु,

देशको बदलिता राजनिति परिबेश सगै यहि फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि शभा निर्वाचनमा जुम्ला जिल्ला नेकपा (एमाले) पार्टीको तर्फबाट सुर्यचिन्ह बाहक उम्मेदवार रुपमा निर्वाचनको मैदानमा उभिएको छु ।

देशमा बढ्दो भ्रष्टाचार, कुशासन, वैदेशिक हस्तक्षपका बिरुद्ध जुम्ली जनताको प्रतिनिधिको रुपमा उभिनका लागि मेरो उम्मेद्वारी रहेको नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गरि बिजया गराउनहुन सबै मतादाताहरु ज्यूहरुमा अपिल गर्दै मलाई यहाँहरुको अमूल्य मतदानबाट विजय गराउनु हुनेछ र मैले मातृभमी र जुम्ली जनतालाई सिरमा राखी उच्च मनोवल एवं दृढ संकल्प बोकि जुम्लाको न्यायोचित विकास र समृद्धिका लागि निम्न स्थानीय सवालहरुका बारेमा पैरवीको पहरेदार बन्ने बाचा गर्दै यो स्थानीय वाचा पत्र को घोषण गर्दछु ।

१. सडक पूर्वाधार – विकासको आधार

(“१२ महिना खुला सडक, १२ महिना विकास” कर्णाली जोडिन्छ, जुम्ला उठ्छ” ।)

कर्णाली राजमार्गलाई कम्तिमा दुई लेनको सडक द्रुतगतिमा स्तरउन्नती सहित वर्षेभरि सडक सञ्चालनको सुनिश्चित गर्ने ।

नेपालगञ्ज भन्सार-सुर्खेत-महाबु-जुम्लाहुदै मुगु-चीनसम्मको अन्तर्राष्ट्रिय पहुँचको सडक निर्माण

जुम्ला-डोल्पा-मुस्ताङ हुँदै काठमाण्डौं जोडिने पर्यटकीय कालोपत्रे सडक निर्माण ।

छिन्चु-जाजरकोट-टोप्ला-जुम्ला, नाग्म गमगढी, बुलबुले पटमारा, जुम्ला-दुनै-ढोरपाटन, एयरपोर्ट- उर्थु-महरीसम्म सडक कालेपत्रे, जुम्ला बजार-चेरे-कनकासुन्दरीसम्मको सडक सुचारु र बड्की- ओदी – पलाँता, कालिकोटसम्म सडकहरु विस्तार गरी वर्षेभरि सञ्चालन ।

२. स्वस्थ जुम्ला – गुणस्तरीय स्वास्थ्य

(“उपचार अधिकार हो, उपकार होइन।” स्वस्थ जुम्ला, सुरक्षित भविष्य ।)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मुख्य केन्द्र बनाइ सिँजामा स्याटलाईट अस्पताल र कर्णालीका सम्पूर्ण जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा ।

डिजिटल हेल्थ, मोबाइल एप मार्फत जुम्लाको प्रत्येक नागरिकको स्वास्थ्य सेवामा पहुच टेलिमेडिसिन सेवा विस्तार ।

पालिका स्तरमा २४/७ आधारभूत स्वास्थ्य सेवा र निःशुल्क एम्बुलेन्स सुनिश्चित ।

स्थानीय जुडिबुटी अनुसन्धान, उत्पादन तथा प्रवर्द्धन सहित आयुर्वेद, ग्रामिण मेडिसिन र योग शिक्षा केन्द्र स्थापना ।

लागु औषध दुर्व्यसनी युवाको लागि सरकारी स्तरको स्तरको पुनर्स्थापना तथा सुधार केन्द्र र वैदेशिक रोजगारबाट फर्केका नागरिकका लागी निशुल्क स्वास्थ्य परीक्षण सेवा ।

स्वच्छ जुम्ला, स्वस्थ जुम्ला अन्तर्गत दिगो फोहोर र ढल व्यवस्थापन ।

३. शिक्षा – सीप र गुणस्तर

(“डिग्री मात्र होइन, सीप चाहिन्छ ।” पढाई, जसले रोजगारी दिन्छ ।)

कर्णाली प्राविधिक शिक्षालय (KTS) लाई कृषि तथा पर्वतिय विश्वविद्यालय निर्माणमा प्राथमिकता ।

शिक्षकको स्थायित्व र प्रोत्साहनद्धारा गुणस्तर सुधार गर्दै वैज्ञानिक शिक्षामा जोड ।

वडास्तरमा प्राविधिक र व्यवसायिक सिप तालिम विस्तार ।

कृषि, पर्यटन, स्वास्थ्य र सूचना प्रविधि आधारित सिप विकास ।

विद्यालय तहमा IT र AI सम्बन्धि अध्ययन/अध्यापनको व्यवस्थापन ।

४. समृद्ध जुम्ला – रोजगारी र पूर्वाधार

(“पलायन होइन, उत्पादन।” – जुम्लामै रोजगारी, जुम्लामै सम्मान )

स्थायी १३२ KVA विद्युत प्रसारण सहित गाउँगाउँमा विद्युतीकरण तथा लाइन विस्तार ।

“जुम्लाको पानी, राज्यको लगानि” अन्तर्गत तिला, जवा हाइड्रो परियोजना र स्थानीय हाइड्रोबाट प्रभावितलाई निःशुल्क निश्चित शेयर ।

गिडिदह जलाधार क्षेत्रबाट करिब २० मेगावट क्षमताको विद्युत उत्पादन ।

एयरपोर्टको क्षमता विस्तार गर्दै हवाई Refueling Center स्थापना र Loggage x-ray machine को व्यवस्था ।

सिँजा खिच्चनेमा विशेष औद्योगिक आर्थिक क्षेत्रको रूपमा दुत विकास ।

कृषि, पर्यटन, जडीबुटी, स्याउ, ओखर र पशुपालनमा उद्यम र स्वरोजगारीको सुविधा ।

स्थानीय उत्पादनको प्रशोधन, ब्राण्डिङ्ग, बजारीकरण र मूल्य शृखंला (Value Chain) सुधार ।

छुमचौरमा अन्तर्राष्ट्रिय स्तरको High Altitude Training Center को तत्काल टेण्डर प्रक्रिया र थप बजेट व्यवस्थापन ।

जलजला बहु-आयोजना (ताल, पर्यटन, बिजुली-हाइड्रो) कार्यान्वयन ।

वन, कृषि र जडिबुटी अनुसन्धान, प्रशोधन तथा प्रवर्द्धन केन्द्र स्थापना ।

एक पालिका, एक चिस्यान केन्द्र ।

स्थानीय उत्पादन र स्वेदेशी उपभोगका लागि ‘Make in Jumla’. नीति पारित गरिने छ ।

५. पर्यटन र संस्कृति – स्थानीय पहिचान

(“हाम्रो भाषा, हाम्रो स्वाद, हाम्रो पहिचान ।”- संस्कृति जोगाऔं, समृद्धि कमाऔं ।)

जुम्ला केन्द्र सहित रारा देखि फोक्सुण्डो पर्यटकिय मार्ग-समृद्धिको यात्रा ।

चन्दननाथ मन्दिर, तातोपानी धारा, गिडिदह, ठाकुरज्यू, नदैडाफ/गुफा, शंकर झरना, आकाशे ताल, गुठीचौर लगायत स्थानहरु पर्यटनको आधार ।

स्वच्छ तिला नदि, हरियाली र पार्क निर्माण ।

सिँजा सभ्यता संस्कृति बोर्ड गठन ।

गुठीचौरमा प्याराग्लाईडिङ्ग, भ्यू टावर र भेडा फार्म आधुनिकीकरण सहित पर्यटकीय आकर्षण केन्द्र स्थापना ।

कुसंस्कार/कुरीतिको न्युनिकरण, सभ्य र समतामुलक समाज निर्माण ।

६. युवा मैत्री सेवा – Gen Z लाई ध्यानमा राखेर

(-“Digital जुम्ला, Transparent शासन,” नीति युवासँग, निर्णय युवासँगै )

प्रत्येक गाउँ र टोलसम्म निःशुल्क इन्टरनेट ।

पारदर्शिता, सुशासन र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिल्ता ।

नीति र योजनामा युवाको प्रत्यक्ष सहभागिता ।

नवप्रवर्तन र युवा आकर्षणका लागि बजेट र नीति ।

सरकारी योजना र न्यायपालिकामा राजनीतिक भागबण्डा अन्त्यका लागी नीतिगत पहल ।

नापी रोक्का जग्गा फुकुवा र दर्ता कार्यका लागि नितिमा सुधार ।

जनप्रतिनिधि र कर्मचारीबीच स्पष्ट जिम्मेवारी र सेवामुखि शासन ।

धन्यवाद !

प्रकाशित मिति : २०८२ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस