तातोपानीमा भव्य रुपमा मनाईयो अन्तराष्टि्य नारी दिवस

जुम्ला ।तातोपानी गाउँपालिकामा ११६ औं अन्तराष्टि्य नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रभातफेरी, महिला समुहबीच देउडा, पञ्चेबाजा प्रस्तुती लगायतका कार्यक्रम गरी दिवस मनाईएको हो ।

 “सबै महिला र बालबालिकाको लागि अधिकार,न्याय र कार्य सहितको अधिकार” भन्ने नारा सहित देशभर अन्तराष्टि्य नारी दिवस मनाईएको छ । 

पालिकाभरीका महिलाको सहभागितामा दिवसका अबसरमा गित मार्फत महिला अधिकारका विषयमा वकालत गर्दै महिला शसक्तिकरणमा जोड दिएको तातोपानी गाउँपलिकन महिला तथा बालबलिकन शाखा प्रमुख शान्ति सेजुवालले बताईन् । दिवसले महिलाहरुको भेटघाट संगै न्याय, समानता, अधिकार तथा शसक्तिकरणका लागि अघि बढ्ने आँट प्रदान हुने ल्लेख गरिन् ।

तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावललेदिवस मनाउने संगै महिलाको जीविकोपार्जन,सहज बनाउन महिला मैत्री निति निर्माणमा जोड दिने बताईन् । आगामी दिनका दिवशभन्दा महिलाका शसक्ति तथा रुपान्तणका लागि काम गर्ने बताई ।

जुम्लाका सबै पालिकामा अन्तराष्टिय नारी दिवस मनाईएको छ । दिवस मनाउने कार्यक्रम तातोगाउँपालिका महिला शाखाको आयोजनाम संचालन गरिएको हो।।

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस