जुम्ला । नेकपा एमाले जुम्लाले एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै विरोध-पत्र बुझाएको छ । आईतबार प्रर्दशनसंगै जिल्ला प्रशासन मार्फत तत्काल रिहाईको माग गर्दै विरोध पत्र बुझाएको हो ।
केन्द्रको सर्कुलर अनुसार ७७ जिल्ला प्रशासनमा विरोधपत्र बुझाउने कार्यक्रम अन्तर्गत जुम्लामा पनि विरोधपत्र बुझाईएको नेकपा एमालेका कार्यवाहक अध्यक्ष प्रेम बहादुर बुढाले बताए ।
गैरकानुनी रुपमा राजनीतिक प्रतिशोध राखेर पूर्वाग्राही रुपमा गरिएको गिरफ्तारी एमालेलाई स्वीकार्य नभएको उनको भनाई छ । तत्काल रिहा नगरे कडा आन्दोलन सुरु हुने र त्यसको जवाफदेखि सरका हुनु पर्ने उनको तर्क छ । साथै एमाले निकट यूवाले शनिवार जुम्लामा राँके जुलुस निकालेका थिए ।
प्रकाशित मिति : २०८२ चैत्र १६ गते आइतवार



