जुम्ला। हिमा गाउँपालिकाको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हिमाका सबै विधालयको सहभागितामा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
हिमा गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । दुर्गम ओदीमा पुगेर प्रदेश प्रमुख जोशीले प्रतियोगिता उद्घाटन गरे ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको अध्यक्षता र प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले हिमाले शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासका लागि गरेको काम प्रसंसनिय रहेको बताए । प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमामा आउने अबसर जुटाएकोमा हिमा अध्यक्षलाई प्रमुख जोशीले धन्यबाद समेत व्यक्त गरे ।
खेलका माध्यमबाट बालबालिकाको क्षामता प्रर्दशन गर्ने र खेल प्रतिको आकर्षण बढाउन निरन्तर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित गर्दै आएको बताए ।
´हिमाले विशेषगरी प्रथामिकता दिएर काम गरिरहेको छ`उनले भने,´निर्वाचित भएयता हिमामा खेलकुद गतिविधि बढाईरहेका छौ । शिक्षा सुधारका प्रयास पनि निरन्तर गरेकै छौ । प्रतियोगिताले हिमाका विधालयबीच प्रतिष्प्रर्धाको भावना विकास हुने छ ।`

प्रतियोगितामा हिमाका सबै विधालय सहभागि छन् । प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलहरु खेलाईने छ ।
आकास सुनार



