यूवा र स्वास्थ्यकर्मी संगसंगै जुगाड सफाईमा 

जुम्ला । जुम्लाका युबा सामाजिक अभियन्ताहरु र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले सदरमुकाम सफा राख्ने अभियान अन्तर्गत जुगाड खोला सफाई अभियान तेश्रो हप्ता पनि जारी राखेका छन्।  

हरेक शनिबार संचालन हुने यो सफाई अभियानका क्रममा बैशाख १२ गते बिहान भएको सफाई अभियानमा चालिस जना अभियन्ता तथा स्वास्थ्यकर्मी जुगाड खोलामा सहभागी हुनु भएका थिए ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अघिल्लो हप्ता कार्यसमयबारे भएको बिबादमा आमनेसामने भएका अभियन्ताहरु र स्वास्थ्यकर्मीहरु शनिबार बिहान संगसंगै सफाईको साँझा अभियानमा देखिए।  

अभियन्ता उपेन्द्र बुढ्थापाले भने – हामी हाम्रो स्वर्ग  जस्तो सहर सफा राख्न सधै संगै छौ, सरकारी निकायमा हुने ढिला सुस्ती माथिको जनस्तरको निगरानी जारी रहने छ। 

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानका प्राध्यापक तथा लेखक डा दीर्घराज जोशीले भने -जब तपाईले पढाउने विधार्थीमा नैतिक जिम्मेवारीको भाव बढी हुन्छ तब विधार्थीबाट शिक्षक र समाजले सिक्छ। उहाले यो अभियान  सामाजिक अभियन्ताले सुरु गरेको नैतिक जिम्मेवारी हो भन्दै अभियान जारी रहने बताउनु भयो।

शनिबारको नदि सफाई सकिएपछि युबा अभियन्ता टंक बुढ्थापाको जन्मदिन पनि मनाइएको थियो।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस